0
शिलन्यास भएको साढे १ वर्ष ४ महिनापछि बहुपतिष्ठित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको विमानस्थल चीनको एक्जिम बैंकको करिब २२ अर्ब रुपैयाँ ऋणमा बन्दैछ । विमानस्थलको २०७३ वैशाख १ मा तत्कालिन प्रधानमन्त्री केपी ओलीले शिलन्यास गरेका थिए । साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, तत्कालिन उपप्रधानमन्त्रीद्वय कमल थापा, विजयकुमार गच्छदार, पर्यटनमन्त्री आनन्द्रप्रसाद पोखरेल र कांग्रेस महामन्त्री सशांक कोइरालाले निर्माणस्थलमा एक–एक वटा इँटा राखेका थिए ।
पूर्व प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला दुई देशबीच ऋण सम्झौता भएर निर्माणको प्रक्रिया अघि बढे पनि कुनै काम नभएर निराश बनेका बेला निर्माणको कामले गति लिएसंगै पोखरेली खुशी भएका छन् । 
११ जुलाई २०१७ बाट काम सुरु भएपनि पर्यटन मन्त्री जितेन्द्रनारायण देवले बुधवार  निर्माणको कामलाई औपचारिकता दिए । उक्त अवसरमा मन्त्री देवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि देशको समृद्धि र बिकासमा योगदान दिने कोशेढुंगाको थालनी भएको बताए । ‘लामो र कठिन यात्रापछि आज विमानस्थलनिर्माणको काम सुरु भएको छ’ उनले भने–‘राष्ट्रिय गौरवको आयोजनाको प्रगति निकै कम भएको अवस्थामा पोखराले उदाहरण बनेर देखाउन सक्नुपर्छ ।’ दुई देशबीच सबै कानुनी प्रक्रिया टुंगिएर निर्माणको प्रक्रियामा गएको हो । अवको एक वर्ष डिजाइनिङ चरण रहने र १० जुलाई २०२१ भित्र निर्माण सकिएर नेपाललाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले पोखरा क्षेत्रीय अन्तर्राीष्ट्रय विमानस्थल निर्माण पोखरेली जनताको ४० वर्षभन्दा बढी समयदेखिको सपना भएको बताउँदै निर्माण कार्यको शुरुवातले नयाँ आयाम थपिने विश्वास व्यक्त गरे ।
स्थानीय सर्वसाधारणसँग सरोकार राख्ने जग्गा अधिग्रहण, मुआब्जा वितरणलगायत विषयलाई समेत संबोधन गर्दै अघि बढिने बताउँदै उनले निर्माण कार्यलाई समयमा नै सम्पन्न गराउन सबैको सकारात्मक सहयोग अपरिहार्य हुने उल्लेख गरे । 
विमानस्थल निर्माण आयोजना प्रमुख ईन्जिनियर प्रदीप अधिकारीका अनुसार गत ३१ मेमा ‘लोन ईफेक्टिभ’ भएपछि ४२ दिनभित्र निर्माण सुरु गर्नुपर्ने कार्यादेश अनुसार निर्माण कम्पनीलाई जुलाई ११ बाट काम सुरु भएको हो । आयोजना स्थलमा अहिले कार्यालय, निवास, खानेपानी लगायतका पूर्वाधारका काम सुरु भएको छ । यसका लागि नेपाली र चिनियाँ दक्ष र अदक्ष ११० कामदार खटिएका छन् ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले निर्माण कार्यलाई समयमा नै सम्पन्न गराउन स्थानीय सरोकारवाला सबैको सकारात्मक सहयोग आवश्यक रहेको बताए ।
विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिका संयोजक सांसद तथा विकास समितिका सभापति रविन्द्र अधिकारीले निर्माण चरण पूर्वका सबै काम तथा प्रक्रिया सकिएकाले समयमै विमानस्थलबन्ने विश्वास व्यक्त गरे । ‘स्थानीयको सहयोग, पूर्व तयारीलगायत कुनै पनि समस्या नभएको र समयमै नसके निर्माण कम्पनीले पेनाल्टी तिर्नुपर्ने बाध्यात्मक परिस्थितिका कारण समयमै निर्माण हुनेमा ढुक्क छु,’ उनले भने–‘कुनै समस्या देखिएमा तुरुन्त समाधानको पहल गरिनेछ ।’
चिनियाँ निर्माण कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ को–अपरेशन लिमिटेडका एशिया प्यासिफिक डिभिजनका महाप्रबन्धक जेरी याङले लामो समयको बहसपछि विमानस्थल निर्माण कार्य अगाडि बढाईएको बताए । विमानस्थलको निर्माण प्रक्रियाका सम्बन्धमा छलफल गर्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको बैठकमा उनले सबैमा जानकारी गराएका थिए ।
उक्त ऋण रकममध्ये ७५ प्रतिशत एक्जिम बैंकको २ प्रतिशत ब्याजमा र २५ प्रतिशत चीन सरकारको विना व्याजको ऋण हो । विमानस्थलको निर्माणमा चीनकै सिएएमसी कम्पनी छनौट भइसकेको छ । कम्पनीका प्रोजेक्ट म्यानेजर जेरी याङले सबै पक्षको सहयोगबाट समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता जनाए । इपिसी 
(इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशनको मापदण्ड अनुसार ‘४डी’ विमानस्थल बन्न लागेको हो । यसमा बोइङ ७५७ र एयरबस ३२० जहाज अवतरण र उड्न सक्छन् । विमानस्थलको धावनमार्ग २ हजार ५ सय मिटर लम्बाई र ४५ मिटर चौडाइको हुनेछ । अन्तर्राष्ट्रिय, राष्ट्रिय टर्मिनल भवन, ४ वटा बोर्डिङ कक्ष, ट्याक्सी वेलगायतका पूर्वाधार पनि बन्नेछन् ।
पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय विमानस्थल चाहिने सुझाइएपछि तत्कालीन 

Post a Comment

 
Top