0
पोखरा १७ वैशाख ।
पोखरा फाइनान्सको लेखनाथ शाखा
पोखरा लेखनाथ महानगरपालिका वडा नं. ८ न्यू्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडको एकै पटक संचालनमा आएका तीनवटा शाखाको शुक्रबार उद्घाटन गरिएको छ । फाइनान्सले पोखरा
लेखनाथस्थित आदर्शचोक, पोखराको विरौटा र स्याङ्जा वालिङस्थित रामबाच्छा बजारका शाखा संचालनमा ल्याएको हो ।
विरौटा शाखाको उद्घाटन संस्थाका अध्यक्ष  भुवनसिं गुरुङले गरेका थिए । यसैगरी लेखनाथ शाखाको उद्घाटन संचालक सुन्दर गुरुङले र रामबाच्छा शाखाको उद्घाटन संचालक ले. अर्जुन कुमार गुरुङले गरेका थिए । 
विरौटा शाखाको उद्घाटनका अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, कालावाङ घडेरी तमु समाजका अध्यक्ष दुर्गा बहादुर गुरुङ, कालावाङ घडेरी तमु समाज महिला समूहकी अध्यक्ष मिनु गुरुङ, स्याङ्जाली सम्पर्क समाजका संस्थापक अध्यक्ष रामप्रसाद श्रेष्ठ र उद्योगपति तथा बराल फिडका संचालक चन्द्रकान्त बराल लगायतले आर्थिक विकासमा पोखरा फाइनान्सले खेलेको भूमिकाको बारेमा चर्चा गरेका थिए । 
संस्थाका अध्यक्ष भुवनसिं गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा फाइनान्सको बारेमा जानकारी प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले तथा संचालन कम्पनी सचिव तथा कानूनी अधिकृत नारायण प्रसाद शर्माले गरेका थिए ।
यसैगरी लेखनाथ शाखाको उद्घाटनका अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, भण्डारढिक टोल विकास संस्थाका अध्यक्ष जंगबहादुर गुरुङ र समाजसेवी ईश्वर बहादुर हमालले बोलेका थिए । वरिष्ठ प्रवन्धक रविचन्द्र गुरुङले फाइनान्सको बारेमा जानकारी गराएको कार्यक्रमको संचालन युवराज बोहराले गरेको शाखा प्रवन्धक ओम प्रकाश गिरीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए। 
यसैगरी रामबाच्छा शाखाको उद्घाटनको अवसरमा वालिङ उद्योग वाणिज्य संघका महासचिव वीरमान गुरुङ, रामबाच्छा सहकारी संस्थाका अध्यक्ष होम बहादुर गुरुङ र समाजसेवी सोम बहादुर गुरुङले गरेका थिए । फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत राजु मोहन भट्टराईले फाइनान्स बारे जानकारीका साथै स्वागत र शाखा प्रमुख रमेश पौडेलले कार्यक्रम संचालन गरेका थिए ।
विरौटा शाखाको उद्घाटन गर्दै  अध्यक्ष  भुवनसिं गुरुङ
यसैबीच पोखरा फाइनान्सले नेपाल राष्ट्रबैंकको नयाँ नीति अनुसार फाइनान्सको चुक्ता पुँजी पुर्याउन ९ लाख ८२ हजार २९२ थान कित्ता शेयर जारी गर्ने भएको छ । फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङका अनुसार  संस्थाको हाल चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको छ । शेयर जारीपछि संस्थाको कुल पुँजी ७५ करोड रुपैयाँ पुग्ने र ५ करोड मुनाफाबाट व्यवस्था गरि संस्थाको कुल पुँजी ८० करोड रुपैयाँ पुर्याइने उनले बताए । 
गुरुङले पोखरा फाइनान्स राष्ट्रियस्तरको बलियो वित्तिय संस्था भएकाले तत्काल कुनैपनि संस्थासंग मर्जरको आवश्यकता नपर्ने र राम्रो संस्थाबाट अवसर आएमा प्रक्रिया अघि बढाउने जानकारी दिए । 
गुरुङका अनुसार फाइनान्सले २०७३ चैत्र मसान्तसम्ममा ३ अर्व ४३ करोड निक्षेप संकलन, ३ अर्व २८ करोड कर्जा प्रवाह तथा १२ करोड रुपैयाँ संचालन मुनाफा गर्न सफल भएको छ । 
२१ वर्ष अघि स्थापित फाइनान्सले हाल १० वटा शाखामार्फत वित्तिय सेवा उपलव्ध गराउँदै आएको छ भने प्रधान कार्यालय न्यूरोड र कास्कीको नयाँपुल शाखामा एटीएम सेवा समेत संचालनमा ल्याएको छ ।

Post a Comment

 
Top