0
पोखरा १४ वैशाख ।
(माओवादी केन्द्र) ले आशन्न स्थानीय तह निर्वाचनमा म्याग्दीका चारवटा स्थानीय तहमा चुनावी तालमेल गर्ने भएका छन् ।  काँग्रेस र माओवादी केन्द्रले दुई÷दुईवटा स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा तालमेल गरेर उम्मेदवारी दिनेलगायत सातबुँदे सहमति गरेका हुन् । काँग्रेसले बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाको प्रमुख र अध्यक्ष तथा माओवादी केन्द्रले मङ्गला र धौलागिरि गाउँपालिकाको अध्यक्ष पद लिने सहमति गरेका दुई दलले प्रमुख पद पाएको ठाउँमा उपप्रमुख पद एक अर्कालाई छोड्ने सम्झौता गरेका छन् । दुई दलद्वारा गठित वार्ता टोलीले गरेको सहमतिको बारेमा जानकारी गराउन मङ्गलबार साँझ आयोजित पत्रकार भेटघाटमा नेपाली काँग्रेसका पूर्व सभापति तथा सांसद रेशमबहादुर बानियाँले राप्रपालाई समेत सहमतिमा ल्याउन पहल भइरहेको बताए । दुवै दलले उम्मेदवार चयन गरिसकेको मालीका गाउँपालिकामा तालमेलको विषयमा उम्मेदवारका आकाङ्क्षीसँग संयुक्त छलफल गर्ने र तालमेल नभए स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् । ४५ वटा वडामा तालमेल गर्ने अधिकार स्थानीय तह र वडा कमिटीलाई दिएको नेकपा (माओवादी केन्द्र)का संयोजक गोविन्द पौडेलले बताए ।  स्थानीय तहको प्रभावकारी कार्यान्वयनका लागि सामाजिक र राजनीतिक एकताको वातावरण बनाउन चुनावी तालमेल गरेको काँग्रेस र माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।  काँग्रेसले बेनी नगरपालिकाको मेयरको उम्मेदवारमा हरिकुमार श्रेष्ठ र अन्नपूर्णको अध्यक्षमा डम बहादुर पुनलाई उम्मेदवार चयन गरेको छ । मङ्गला गाउँपालिकामा चन्द्रप्रसाद बुढाथोकी, धौलागिरिको प्रमुखमा खुमनाथ सुवेदी र रिमप्रकाश थापालाई उम्मेदवार बनाउन सिफारिस गरेको माओवादी केन्द्रले बेनी नगरपालिकाको उपमेयरमा ज्योति लामिछाने र अन्नपूर्णमा लालमाया पुनलाई उपाध्यक्षको उम्मेदवार चयन गरेको छ ।  काँग्रेसले मङ्गला र धौलागिरि गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार चयन गर्न बाँकी छ । विसं २०७० को संविधानसभाको दोस्रो निर्वाचनमा नेकपा (एमाले) विजयी भएको म्याग्दीका चारवटा स्थानीय तहमा दोस्रो र तेस्रो शक्तिबीचको तालमेलले चुनावी प्रतिस्पर्धा रोचक हुने विश्लेषण गरिएको छ ।
यसैबीच स्थानीय तह निर्वाचनको सरगर्मी बढ्दै जाँदा लमजुङ जिल्लामा क्रियाशील दलहरुमध्ये नेकपा एमाले र माओवादी केन्द्रबीच औपचारिक रुपमै चुनावी कार्यगत एकता भएको छ। दुवै पार्टीको तर्फबाट विहीबार बेसीशहरमा संयुक्तरुपमा पत्रकार सम्मेलन गरी विज्ञप्ती जारी गर्दै संयुक्त मोर्चा बनाएर स्थानीय तह निर्वाचनमा जाने प्रतिवद्धता व्यक्त गरिएको हो। राष्ट्र निर्माण र लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरणमा प्रतिवद्ध हुँदै जिल्लाको समग्र विकास गर्नका लागि ती दुई दलबीच सहकार्य गरिएको विज्ञप्तीमा उल्लेख छ।
नेकपा एमालेका जिल्ला अध्यक्ष धनञ्जय दवाडी र नेकपा माओवादी केन्द्रका ईञ्चार्ज पारसमणि पौडेलद्वारा हस्ताक्षरित एक वाक्य र २८ शब्दको संक्षिप्त विज्ञप्ती जारी गरिएको छ। ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ वटा पालिका मध्ये एमालेलाई ५ प्रमुख र माओवादी केन्द्रलाई ३ प्रमुख पर्ने गरी सहमति कायम गरिएको हो। जिल्लास्थित अन्य दलहरुसँग पनि कार्यगत एकताको लागि अनौपचारिक ढंगले संवाद भईरहेको एमाले अध्यक्ष दवाडीले बताए। पत्रकार सम्मेलनका क्रममा नेपालका कम्युनिष्टहरु विभिन्न विषयमा विभाजित हुँदा नागरिकलाई देखाइएको सपना साकार पार्न नसकिएको र मुलुकको सम्वृद्धि खतरामा पर्दै गएकाले कार्यगत एकता गरिएको एमाले अध्यक्ष दवाडीले उल्लेख गरे। त्यस्तै दशवर्षे द्वन्द्वको उपलब्धिस्वरुप पाएको संविधानलाई कार्यान्वयन गर्ने र संस्थागत गर्ने पहिलो खुड्किलो नै स्थानीय तह निर्वाचन भएकाले यसलाई प्रभावकारी बनाउन वामपन्थी समिकरण गरिएको माओवादी केन्द्रका ईञ्चार्ज पौडेलले बताए। कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य मायानाथ अधिकारी, एमालेका सांसदहरु जमिन्द्रमान घले, टुकाभद्र हमाल, डा.भिष्मनाथ अधिकारी, माओवादी केन्द्रका नेता बुद्धिमान तमु, जिल्ला सेक्रेटरी मधु अधिकारी लगायतको सहभागिता रहेको थियो।

Post a Comment

 
Top