0
गोल्डेन न्यूज संवाददाता
यसवर्षको पोखरा महोत्सवलाई भव्य र सभ्य ढंगले सफल बनाउनका लागि विभिन्न संघ–सस्थाहरुले सहयोग गर्ने भएका छन् । बिहीबार अमरसिंह चौरमा आयोजित संघ–संस्था, झाँकी तथा ¥याली ब्यवस्थापन उपसमिति र महिला समन्वय समितिको भेलाले युनाइटेड क्लवको आयोजनामा पुस २९ देखि माघ १० गतेसम्म  संचालन हुने सातांै पोखरा महोत्सवलाई सफल बनाउनका लागि सवैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन । पोखरा उप–महानगरपालिका भित्रका २९ वटै वडाका टोल विकास संस्था वडा समन्वय समिती, टोल विकास संस्था महिला वडा समन्वय समिति, २९ वटै वडाका सामाजिक परिचालक, नगर महिला समन्वय समिति र टोल विकास संस्था नगर समन्वय समितिका पदाधिकारीहरु को बैठकले पोखरा महोत्सव युनाइटेड क्लवको मात्र नभइ पोखराको गौरवको महोत्सव भएकाले यसलाई सभ्य र भब्य बनाउनका लागि पर्ने बताएका हुन् । संघ–संस्था तथा झाँकी ब्यवस्थापन उपसमितिका संयोजक सम्मरबहादुर श्रेष्ठको संयोजकत्वमा सम्पन्न भेलामा महिला नगर समन्वय समिति पोखराकी अध्यक्ष पवित्रा गुरुङले पोखरा महोत्सव अन्य मेला महोत्सव भन्दा भिन्न प्रकारको उद्देश्यका साथ अगाडि वढेकाले महोत्सवलाई भव्य र सभ्य बनाउनका लागि सम्पूर्ण पोख्रेली लागि पर्नुपर्नेमा जोड दिइन ।
टोल विकास संस्था नगर समन्वय समितिका प्रथम उपाध्यक्ष उत्तम जोशीले युनाइटेड क्लवले महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पोखरामा नयाँ पर्यटकीय गन्तव्य चिडियाखाना निर्माणसंगै सेती नदी संरक्षणमा समेत आवाज उठाउँदै आएकाले यो महोत्सव पोखराको गौरवको महोत्सव भएको बताए । 
नगर महिला समन्वय समिति पोखराका उपाध्यक्ष लक्ष्मी खाती परियारले पोखरा महोत्सवले छोटो समयमा सामाजिक क्रियाकलापमा अग्रणी स्थान ओगट्न सफल भएकाले महोत्सवलाई सफल बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न तर्फ जोड दिए ।
युनाइटेड क्लवका अध्यक्ष शुक बहादुर गुरुङले भेलामा सहभागी सवैलाई धन्यवाद दिंदै पोखरा महोत्सव युनाइटेड क्लवको मात्र नभइ सम्पूर्ण पोखरेलीको महोत्सव भएकाले सवैले यसलाई साथ दिन आग्रह गरे । पोखरा महोत्सवको आफ्नो निश्चित उद्देश्यका साथ अघि बढेकाले उद्देश्य प्राप्तिका लागि आफूहरु हरदम लागि परिरहेको समेत गुरुङले स्पष्ट पारे । 
संघ संस्था, झाँकी तथा ¥याली उपसमितिका संयोजक सम्मर बहादुर श्रेष्ठ र महिला समन्वय उपसमिति संयोजक सीमा गुरुङको अध्यक्षतामा सम्पन्न भेलामा दुची टोल विकास संस्थाका अध्यक्ष किरण भट्टचन लगायतले आ–आफ्नो भनाइ राखेका थिए भने महोत्सव प्रचार–प्रसार उपसमिति संयोजक तथा युनाइटे कलवका उप–महासचिव राजु श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top