0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ नगरपालिका वडा नं ११ पचभैयामा रहेको अरुण ज्योती आधारभूत विद्यालयको २७औं बार्षिकोत्सव तथा अभिभाक भेला सम्पन्न भएको छ। जोर्ज जोन शिक्षा प्रतिष्ठानका अध्यक्ष गेहेन्द्रश्वर कोईरालाले भकम्पबाट क्षति पुगि  जिल्ला शिक्षा कार्र्यालय कास्की र स्थानीयवासीको सहयोगमा पुन निर्माण गरिएको भवनको उद्घाटन गर्दै आर्थीक अभावमा कुनै पनि विद्यार्थीहरु शिक्षाको उज्यालोवाट बञ्चित हुन नहुनेमा जोड दिए। कार्यक्रममा लेखनाथ नगरपालिकाका कानूनी सल्लहाकार राममणि अधिकारीले समय सुहाउँदो गुणस्तरीय शिक्षाको विकासका लागि स्थानीयवासीहरु नै जागरुक हुन सके निजी विद्यालयमा पठाउने अभिभाकको मन सामुदायिक विद्यालयतर्फ आकर्षित हुने विश्वास ब्यक्त गरे। कार्यक्रममा वेगनास लेक रिसोटका प्रवन्धक अर्जुन प्रसाद पराजुली, जोर्ज जोन शिक्षा प्रतिष्ठानका उपाध्यक्ष रामगोपाल ढेवाजु, छिमेकी विद्यालयका शुक्रराज अधिकारी, मणिराम कडेल, लिलामणि त्रिपाठी, ली–वर्डका लाक्पा शेर्पा, निर्वतमान प्रधानाध्यापक चन्द्रबहादुर अधिकारी, स्थानीय वन समुदायका अध्यक्ष प्रकाश सापकोटा, विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष होमनाथ न्यौपाने, आमा समूहकी सदस्य शारदा अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष शिवप्रसाद पाण्डे लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।  विद्यालय ब्यवस्थाप समितिका अध्यक्ष विरेन्द्र ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक राजेन्द्र पौडेलले प्रगति विवरण र गुणस्तरीय शिक्षाका लागि अ्रग्रेजी माध्यमको पढाई आवश्यकतामा जोड दिएका थिए । शिक्षक हरि न्यौपानेले स्वागत र कार्यक्रम संचालन  शिक्षिका सरिता ढकालले गरेकी थिईन् । कार्यक्रममा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पु¥याउँदै आएका चन्दा दाताहरुलाई सम्मान गरिएको थियो ।







Post a Comment

 
Top