0
गोल्डेन न्यूज संवाददाता
पश्चिमाञ्चल होटल संघ पोखराको अध्यक्षमा विकल तुलाचन निर्विरोध निर्वाचित भएका छ्न् । संघको शुक्रबार सम्पन्न १८औं अधिवेशनले युवा पर्यटन ब्यवसायी तुलाचनलाई आगामी दुई वर्षका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । यस अघि प्रथम उपाध्यक्ष रहेका तुलाचन (फेयर माउण्ट होटल)का संचालक पनि हुन् । उनले खुल्ला मतदानमा सबै भन्दा धेरै १४८ मत प्राप्त गरे । यसैगरी समितिको प्रथम उपाध्यक्षमा लक्क्ष्मण सुवेदी (होटल साकुरा), द्वितीय उपाध्यक्षमा भेकेन्द्रकुमार श्रेष्ठ (सोलिटारी लज), महासचिवमा गणेशराज पहारी  (होटल ट्रोपिकाना) निर्विरोध निर्वाचित भए । सचिवमा राजेन्द्र ढकाल (होटल ग्लासियर), कोषाध्यक्षमा पार्वती पाण्डे (होटल ल्याण्डमार्क) र सह–कोषाध्यक्षमा नरेश बहादुर भट्टराई (माउण्ट कैलाश रिसोर्ट) निर्वाचित भए । स्टार तर्फबाट निर्वाचित भट्टराई बाहेक अन्य सबै नन स्टार तर्फबाट निर्वाचित भएका हुन् । यसैगरी स्टार होटलतर्फ यसअघि नै निर्विरोध निर्वाचित ६ मध्ये अन्य ५ जना कार्यसमिति सदस्यमा अर्जुन मैनाली (साङ्ग्रीला भिलेज रिसोर्ट), अनिल श्रेष्ठ  (फिष्टेल लज), दिपक श्रेष्ठ (मम्स गार्डेन रिसोर्ट), वैभव पौडेल (होटल वाराही) र रामेश्वर हुमागाइँ (होटल पोखरा ग्रान्ड) रहेका छन् । संघका कूल २६६ सदस्य मतदाता मध्ये १९१ ले मतदानमा भाग लिएको निर्वाचन संयोजक मेहरमान श्रेष्ठले जानकारी दिए । खसेको मध्ये नौ मत बदर भए । ननस्टारतर्फ १२ जनाको उम्मेदवारी परेकोमा पदाधिकारी छान्न आवश्यक मध्ये ६ जना सदस्य खुल्ला मतदानमा निर्वाचित भएका हुन्। नवनिर्वाचित अध्यक्ष तुलाचनले संघलाई ब्यवसायिक रुपमा अगाडि बढाउने बताए । संघको विधान अनुसार ६ जना स्टार, ६ जना ननस्टार, ४ जना अध्यक्षबाट मनोनित र एक जना निवर्तमान अध्यक्ष गरी संघको कार्य समिति १७ सदस्यीय हुने ब्यवस्था छ ।

Post a Comment

 
Top