0
गोल्डेन न्यूज संवाददाता
निजी क्षेत्रको लगानीमा पोखरामा युनिक बडी विल्डर्स सञ्चालनमा आएको छ । पोखराको चाउथेमा १० रोपनी जग्गामा सञ्चालनमा आएको विल्डर्सको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखेले एक कार्यक्रमका बीच उद्घाटन गरे ।  उक्त अवसरमा बोल्दै उनले यातायातका साधनको स्तरीय बडी पोखरामा तयार भएपनि यातायात व्यवसायी प्रत्यक्ष लाभान्वित हुने धारणा राखे । बसका स्तरीय बडीहरु तयार पार्न भारतमा लैजानुपर्ने बाध्यतालाई हटाउन नेपालकै उत्कृष्ट बडी विल्डर्स पोखरामा सञ्चालनमा ल्याइएको अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए । यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य तथा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष एनकुमार साईले व्यवसायीको चाहना अनुसारको बसका स्तरीय बडी तयार पार्न आग्रह गरे ।  कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका निर्देशक सूर्य देउजा, नेवा खल अध्यक्ष अशोक पालिखे, राष्ट्रिय पर्यटन परिषदका सदस्य बासु त्रिपाठी, प्रहरी नायव निरीक्षक खड्कबहादुर खत्री, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, विल्डर्सका प्रवन्ध सञ्चालक राजेश पराजुली लगायतले वडी विल्डर्सको आवश्यकता र महत्वका बारेमा बोलेका थिए । नेपालमै पहिलो पटक एशियाली मापदण्डको सुविधा सम्पन्न गाडी बनाउने उद्देश्यका साथ बडी विल्डर्स सञ्चालनमा ल्याइएको अध्यक्ष अधिकारीले जानकारी दिए । विल्डर्सका संचालकहरुमा केशवप्रसाद अधिकारी, राजेश पराजुली, रुद्रनाथ पौडेल, गणेशराज पहारी, टीकाराम अधिकारी, रामचन्द्र ढुंगाना र श्यामबाबु शाह छन् । कम्पनीले नर्मल बडी, डिलक्स बडी, दिल्ली डिलक्स बडी, दिल्ली डिलक्स एसी बडी, डिलक्स मिनी बस, दुई सापटे डिलक्स, ५२ मोडल, ५३ मोडल, ५५ मोडलका गाडीको बडी निर्माण गर्नेछ ।

Post a Comment

 
Top