0
गोल्डेन न्यूज संवाददाता
आठौ हेमजा आलु महोत्सव–२०७३ फागुनको अन्तिम सातामा हुने भएको छ। सुन्दर ठाँउ हेमजा जाउँ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिका अनेक भन्ने नाराका साथ सञ्चालन हुन लागेको महोत्सव फागुन २३ देखि चैत १ गते सम्म विष्णुपादुका खेल मैदानमा हुदै छ। समग्र यस क्षेत्रको कृषि, पर्यटन, व्यवसाय, संस्कृति, साहित्य, खेलकुद लगायतको प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो। विष्णु पादुका क्लवका उपाध्यक्ष ज्ञानु थापाको संयोजकत्वमा मूल आयोजक समिति समेत गठन गरिएको छ। मूल आयोजक समितिको महासचिवमा वसन्तकुमार श्रेष्ठ, सचिवमा ऋषि सापकोटा, कोषाध्यक्षमा महेन्द्रसिंह थापा, सह–कोषाध्यक्षमा नरेश शिरिस रहेका छन्। त्यसैगरी महोत्सवलाई सफल बनाउनका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ। अर्थ संकलन उपसमितिको संयोजकमा राजेन्द्र थापा, लेखा समिति संयोजकमा गोविन्द पौडेल, प्रचार प्रसार उपसमिति संयोजकमा प्रकाशचन्द्र सापकोटा, सांस्कृतिक उप–समिति संयोजकमा परशुराम अधिकारी, सञ्चार व्यवस्थापन उपसमिति संयोजक विश्व अधिकारी, महिला समूह परिचालनमा महिला समन्वय समिति पोखरा–२७ र २९, आमा समूह परिचालन उपसमिति संयोजकमा सरस्वती थापा, अतिथि सत्कार उपसमिति संयोजकमा लक्ष्मण रोकाह, स्वयमसेवक परिचालन उपसमिति संयोजक राजेन्द्र थापा, छपाई उपसमिति संयोजकमा उदयकुमार श्रेष्ठ रहेका छन्। त्यसैगरी, स्टल व्यवस्थापन उपसमिति संयोजक भक्तबहादुर थापा, रेष्टुरेन्ट व्यवस्थापन उपसमिति संयोजकमा विजय थापा, यातायात व्यवस्थापन उपसमिति संयोजकमा मेघराज त्रिपाठी, विद्युत पानी व्यवस्थापन उपसमिति संयोजकमा रामजी थापा, झाँकी तथा ¥याली व्यवस्थापन उपसमिति संयोजकमा मनहरी भण्डारी, युवा परिचालन उपसमिति संयोजकमा सुविन श्रेष्ठ, कृषक परिचालन उपसमिति संयोजकमा जयाराम तिमिल्सिना, सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा मन तामाङ रहेका छन् ।

यस्तै अनुगमन उपसमिति वडा नं.२७, २९ का सचिव तथा राजनीतिक दलका प्रमुख, प्राथामिक उपचार उपसमितिमा नेपाल रेडक्रस सोसाईटी हेमजा उपशाखा, प्रशाशन व्यवस्थापन उपसमिति संयोजकमा कृष्णप्रसाद पौडेल, पार्किङ्ग व्यवस्थापन उपसमिति संयोजकमा सूर्य कुँवर, विद्यालय समन्वय उपसमिति संयोजकमा जगत बहादुर थापा रहेका छन् । यसैगरी मञ्च तथा व्यानर व्यवस्थापन उपसमिति संयोजक अर्जुनबहादुर थापा, सल्लाहकार उपसमिति संयोजक गंगाबहादुर थापा, फोटो तथा भिडियोग्रपीm व्यवस्थापन उपसमिति संयोजक नविन सिरस, अनलाईन इन्टरनेट व्यवस्थापन उपसमिति संयोजकमा शंकर थापा, पर्यटन व्यवसाय समन्वय उपसमिति संयोजकमा विष्णु तिमिल्सिना, सरसफाई व्यवस्थापन उपसमिति संयोजकमा सुजन गुरुङ रहेका छन्। महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीहरुको वृहत प्रदर्शनी, आलुको ठूलो पहाड निर्माण, आलुका विभिन्न परिकारहरु, ताजा तरकारी प्रदर्शन, वाल उद्यान, विविध साँस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, चर्चित हाँस्य कलाकारहरुको वेजोड प्रस्तुति, जापनिज सुन्तला, च्याउँ, कफि चियाको विक्री एवं प्रदर्शनी रहेको छ।  महोत्सवमा सेती नदी ¥याफ्टिङ्ग, जीपलाईन फ्लायर, बन्जी जम्पको टिक उपलब्ध गराईने संयोजक ज्ञानु थापाले जानकारी दिए। महोत्सव सम्पन्न गर्नका लागि करिव २७ लाख ३५ हजार खर्च लाग्ने अनुमान गरिएको कोषाध्यक्ष महेन्द्रसिंह थापाले जानकारी दिए। विष्णु पादुका क्लवका अध्यक्ष रमेश कार्कीले महोत्सवलाई सफल बनाउनका लागि सवैलाई आग्रह गरे।

Post a Comment

 
Top