0
गोल्डेन न्यूज संवाददाता
करिब ४ महिना अघिमात्र पोखरामा भित्रिएको चिनियाँ स्मार्टफोन कम्पनी जेडटिईले नेपाली मोबाइल ग्राहकलाई लक्षित गरि‘वार्म विन्टर अफर’ ल्याएको छ । जेडटिइले पछिल्लो समय राम्रो बजार लिइरहेको कम्पनीले दावी गरेको छ। यस अफरअन्तर्गत मोबाइल खरिदकर्ता ग्राहकले कार्ड स्क््रयाच गरेर विभिन्न सियोर सट (पक्का) उपहार प्राप्त गर्न सक्नेछन् । कार्ड स्क््रयाच गरेर बाल्ट्राको हिटर, बाल्ट्राको थर्मस, बाल्ट्राको इलेक्ट्रिक केटल, २६०० एमएएचको पावर बैंक, सेल्फी स्टिक, १० हजार एमएएचको पावर बंैकका साथै नगर उपहार समेत पाउन सक्ने जेडटिई मोवाइल कम्पनीले जनाएको छ ।
 
पछिल्लो समय जेइटिइ एक्जोन सेरिजका दुई वटा स्मार्टफोनहरु बजारमा चर्चित रहेका छन् । जेडटिई ब्लेड एस ६, एस सेभेन र भि सेभेन लाइट मोडलका स्मार्टफोनहरु कम मूल्यका आकर्षक स्मार्टफोनहरु हुन् । जेडटिई एक्जोन सेरिजमा एक्जोन इ लाइट र एक्जोन मिनि मोडलहरु अहिले बजारमा उपलब्ध भएको कम्पनीका सेल्स अफिसर विशाल सुवेदीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।  मोवाइलमा १३ मेगापिक्सलको ड्युलक्यामेरा रहेको एक्जोन इलाइटमा ३ जिबीको ¥याम रहेको उनले बताए । स्नापड्रागन ८१० , २ अक्टाकोर प्रोसेसर रहेको मोवाइलको मूल्य ३३ हजार ९ सय रुपैयाँ रहेको छ । यो लगायत अन्य आधा दर्जन आकर्षक सेटहरु नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । इभोलुसन इन्टरप्राइजेजका माकेटिङ् म्यानेजर विशाल अचार्यले जानकारी दिए । उनले भने–‘यो अफर आउँदै गरेको क्रिसमस र अंग्रेजी नयाँ वर्षलाई विशेष लक्षित गरि ल्याइएको हो ।’ यो अफरलाई जाडो याम भरि नै निरन्तरता दिइने र यो अफर जेडटिईका सम्पूर्ण मोबाइल उत्पादनहरुमा लागू हुने आचार्यले बताए । जेडटिई मोवाइल कम्पनीको सर्भिस सेन्टर काठमाडौंमा रहेकाले मोवाइलको सेवा र सुविधा छिटो र छरितो हुने उनले जानकारी दिए।

Post a Comment

 
Top