0
गोल्डेन न्यूज संवाददाता
विश्वका ईञ्जिनियरहरु बीचको प्रतिस्पर्धामा पोखराका ईञ्जिनियर सन्दिप गुरुङ प्रथम भएका छन् । टाटा मोटर्स अन्तर्गत डिसेम्बर १६ तारेख (पुस १ गते) मलेशियाको राजधानी क्वालालम्पुरमा सम्पन्न इन्टरनेशनल लेभल अफ स्किल फेष्ट ग्लोबल सर्भिस एडभाइजर च्याम्पियन २०१६ मा सार्कबाट नेपालका एक्लो प्रतिस्पर्धी पोखरा बुद्धचोकस्थित सिप्रदी ट्रेडिङ्ग प्रालिका मेनेजर ई.सन्दीप गुरुङ प्रथम हँुदै २ हजार अमेरिकी डलर, ट्रफी, प्रमाणसहित पुरस्कृत भएका हुन् । क्षेत्रीय, राष्ट्रिय हँुदै सार्कमा सम्पन्न फेष्टमा प्रथम हुँदै अन्तिम चरणमा प्रबेश गरेका गुरुङले भारत, एशियन, सार्क, अफ्रिका, मध्यपूर्व र ल्याटम क्षेत्रबाट उत्कृष्ट बनेका थिए भने अन्तिम प्रतिष्पर्धी २५ जनालाई पछि पार्दै प्रथम भएका हुन् । लिखित, अभ्यास र अन्तर्वार्ता परीक्षाबाट उत्कृष्ट बनेका उनले अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा प्रथम हुनका लागि दैनिक १४ घण्टा मिहिनेत गरेको बताए ।  मिहिनेत, लगनशीलता, नयाँ खोज, ग्राहकहलाई सन्तुष्टि प्रदान गर्नका लागि आफूले गरेको परिश्रमका कारण सफलता प्राप्त भएको बताए । पुम्दी–भुम्दी गाउँ भई हाल पोखरा उप–महानगरपालिका वडा नं. ७ एयरपोर्ट अन्नपूर्णटोल निवासी बाबा लछिमान गरुुङ र आमा दुर्गाकुमारी गुरुङका २८ वर्षीय ई.गुरुङले ललितपुर स्थित पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट सन् २०१० मा मेकानिकल इञ्जिनिरिङ्ग मा बीई उत्तीर्ण गरेका थिए ।  इन्टरनेशनल लेभल अफ स्किल फेष्ट ग्लोबल सर्भिस एडभाइजर च्याम्पियन २०१६ मा प्रवेशका लागि पश्चिमाञ्चल क्षेत्रीय फेष्टमा प्रथम हुँदै १० हजार पैया, राष्ट्रिय प्रतियोगितामा द्वितीय र भारतको उत्तराखण्ड पञ्चनगरमा गत नोभेम्वर १५ तारेख सम्पन्न सार्कस्तरीय फेष्ट प्रथम स्थान हासिल गरेका थिए । पश्चिमाञ्चल क्षेत्रीय फेष्टमा प्रथम हँुदा १० हजार, राष्ट्रियमा २० हजार, सार्कमा एक हजार डलरसहित पुरस्कृत बनेको उनले बताए । ३५ देशमा रहेका टाटा मोटर्सको डिलरमा कार्यरत क्षेत्र देशीयबाट उत्कृष्ट २६ इञ्जिनियरहरु बीच इन्टरनेशनल लेभल अफ स्किल फेष्ट ग्लोबल सर्भिस एडभाइजर च्याम्पियन २०१६ सम्पन्न भएको थियो । फेष्टहले आफूलाई अन्तर्राष्ट्रिय एक्पोजर दिएको भन्दै ई.सन्दीप गुङले नेपालमै रहेर ईञ्जिनियरिङ क्षेत्रबाट सेवा प्रदान गर्ने योजना रहेको बताए । प्रतिभावन आफ्नो भाञ्जा ई. सन्दीपमा रहेको ज्ञान, क्षमता, अनुभव नेपाल र नेपालीका लागि उपयोग गर्न गराउन सम्बन्धित पक्षले पनि ध्यान पुर्याउन तमु सहयोग समिति पार्दीका निवर्तमान अध्यक्ष मामा क्या.चेतबहादुर तमुले आग्रह गरे ।


Post a Comment

 
Top