0
गोल्डेन न्यूज संवाददाता
तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीले पहिलो पटक आयोजना गरेको औद्योगिक मेलामा नगद १ लाखसहित पुरुष भलिवल उपाधि जितेर फर्केको कास्की टिमलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्की र जिल्ला भलिवल संघ कास्कीले पोखरामा स्वागत र सम्मान गरेको छ । कास्कीले क्षेत्रीय प्रतियोगिता मा १५ वर्ष पछि जितेको सर्वाधिक राशिको पुरस्कार पहिलो भएको नेपाल भलिवल संघका उपाध्यक्ष एवं जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यम गुरुङ्गले बताए ।  विजयी टिमलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, उपाध्यक्ष सुनिल गुरुङ्ग, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यम गुरुङ्ग र जिल्ला भलिवल संघ कास्कीका अध्यक्ष भिम पराजुली लगायतले अविर र खादा लगाएर खेलाडीलाई सम्मान गरेका थिए । कास्कीले फाइनलमा नवलपरासीलाई १३–२५, २३–२५,२४–२६, २२–२५ र १२–१५ सेट अन्तरमा पराजित गरेको थियो । प्रतियोगितामा कास्कीका ४ जना खेलाडी मनोज खड्का वेष्ट प्लेयर, रोशन गुरुङ्ग वेष्ट सेटर, याम क्षेत्री व्लकर, र पारस गुरुङ्ग वेष्ट डिफेन्डर घोषित भए । जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उपाध्यक्ष खगेन्द्र गौचनले गरेका थिए। प्रतियोगिता मंसिर २९ देखि पुष ४ गते सम्म संचालन भएको र ९ जिल्लाका टिमले प्रतिस्पर्धा गरेका थिए ।


Post a Comment

 
Top