0
गोल्डेन न्यूज संवाददाता
पोखराको सेदी हाईटमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आउने भएको छ । पोखरा २६ सेदी हाईटमा झण्डै ३५ करोड लागतको ईन्फिनिटि रिसोर्ट सञ्चालनमा आउन लागेको हो । रिसोर्टको मंसिर २२ गते नयाँ शक्ति पार्टीका संयोजक एबं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ । रिसोर्टमा २२ वटा डिलक्स र दुई स्विटसहित २४ रुम छन् । होटलका अधिकांश कोठाबाट फेवातालको दृश्य देख्न सकिन्छ । रिसोर्टमा झण्डै ६० जना क्षमताको सेमिनार हल र रेष्टुरेन्ट छ । रिसोर्ट हातामै झण्डै दुई सय जनाका लागि आउटडोर सेवा दिन सकिने सञ्चालक विनोद तिमिल्सिनाले जानकारी दिए । १२ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा स्विमिङ पुल र पार्किङको पनि सुबिधा छ । रिसोर्टबाट फेवाताल सहित , विश्वशान्ति स्तुपा, सराङकोटको दृश्य देख्न सकिन्छ । रिसोर्टको डिलक्स रुमलाई ७५ डलर अर्थात् ७ हजार पाँच सय र स्विट रुमलाई १५० डलर अर्थात् नेपाली १० हजार पाँच सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । रिसोर्ट उद्घाटनको अबसरमा एक महिनासम्मका लागि रुम शुल्कमा ५० प्रतिशत छुट दिइने तिमिल्सिनाले बताए । उनका अनुसार नेपालीका लागि तोकिएको शुल्कमा ३५ प्रतिशत छुट दिइनेछ । दुई बर्ष लगाएर रिसोर्ट निर्माण सम्पन्न भएको हो । रिसोर्टमा २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। सञ्चालकका अनुसार भविश्यमा वाल उद्यान, वालमैत्री पौडी पोखरी, थप सुविधायुक्त भिल्लाहरु सहित खेल मैदान, स्पा, योग केन्द्र लगायतका सुविधा थप गर्ने योजना छ । स्वच्छ, शान्त वातावरणमा स्वदेशी तथा विदेशी पर्यटकलाई स्तरीय सेवा प्रदान गर्ने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याएको तिमिल्सिनाले बताए । जगारीको क्रममा सन् २००५ देखि २००८ सम्म ओमनमा रिसोर्ट म्यानेजरको रुपमा कार्यरत तिमिल्सिनाले १० बर्ष अघि देखिको योजना अनुसार रिसोर्ट निर्माण गरेको बताए ।  सानै उमेरमा पर्यटक गाईडको रुपमा काम गरेका स्थानिय ३० बर्षीय तिमिल्सिना १६ बर्षको उमेरमै भारतको गोवामा काम गरेपछि रोजगारीको लागि ओमन पुगेका थिए ।
विदेशमा प्राप्त ज्ञानको आधारमा आफ्नै जन्मस्थलमा रिसोर्ट संचालन गरेको उनले बताए ।





Post a Comment

 
Top