0
गोल्डेन न्यूज संवाददाता
सशस्त्र प्रहरी बल, मुक्तिनाथ बाहिनीका सहायक बाहिनीपति एसएसपी कृष्णभक्त बर्माचार्य सहितको एक टोलीले पोखराको फेवातालमा रेकि गरेको छ ।
सशस्त्र प्रहरीको रेस्क्यु बोट मार्फत तालबाराही घाटदेखि फेवातालको विभिन्न किनार र डुँगा घाटहरुमा रेकि गरिएको हो । खासगरि यतिबेला पोखरामा आन्तरिक तथा वाह्य पर्यटकको समेत बढेको र फेवाताल घुम्न जानेहरुको संख्या पनि बढिनै भएकाले फेवातालमा रेकि शुरु गरिएको बर्माचार्यले बताए ।
‘शैक्षिक भ्रमणका लागि बाहिरी जिल्लाहरुबाट थुप्रै विद्यार्थीहरु पोखरा घुम्न आएका छन्, यो बेला फेवातालमा हुन सक्ने सम्भाव्य दुर्घटनाको अध्यायन तथा अवलोकनका लागि पनि रेकि गरिएको हो’–उनले भने । आवश्यकता अनुसार कार्यक्रमलाई अगाडि बढाइने उनले बताए । रेकिका क्रममा फेवातालमा डुँगा सयर गर्दै गरेकाहरुले लाइफ ज्याकेट नलगाई बोटिङ्ग गरेको भेटिएको उनले जानकारी दिए । ‘डुँगा घाटबाट त लाइफ ज्याकेट लैजाँदा रहेछन्, तर तालको विचमा पुगेपछि खोल्ने प्रवृत्ति देखियो’–उनले भने । सशस्त्र प्रहरीले सरोकारवाला निकायहरुसंगको सहकार्यमा बाराही घाटमा रेस्क्यु टावर निर्माण गरेपछि केहिवर्ष यता फेवामा हुने दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या घटेको छ । फेवातालमा प्याराग्लाइडिङ्ग तथा डुँगा दुर्घटनामा परि सयौंले ज्यान गुमाइसकेका छन् । गत चैत्र महिनामा नेपाल हवाई खेलकुद संस्थाले आयोजना गरेको प्रि–वल्र्डकप प्याराग्लाइडिङ्ग प्रतियोतिगा मा हावाहुरीका कारण अनियन्त्रित भई फेवातालमा खसेका ५ जनालाई सशस्त्र प्रहरीले तत्काल उद्धार गरेको थियो । त्यस्तै ०७१ कै असोजमा हेम्जाकी सुनिता थापाले उडाएको प्याराग्लाइडिङ्ग तालमा खसेपछि सशस्त्र प्रहरीले उनको पनि तत्कालै उद्धार गरेको थियो । सशस्त्र प्रहरीले फेवातालमा भएका दजर्न बढि घटना परेकाहरुलाई जीवितै उद्धार गरिसकेको छ । माथि टावरबाट दुरविन मार्फत तालमा हेर्छौं, कहिं केही घटना भएजस्तो देखिए तत्काल रेक्क्यु बोट मार्फत त्यहाँ पुग्छौं र उद्धार गर्छौं’–बर्माचार्यले भने ।

Post a Comment

 
Top