0
गोल्डेन न्यूज संवाददाता
सुजुकी गाडीको गण्डकी धौलागिरी क्षेत्रका लागि आधिकारिक विक्रेता बतास ब्रदर्श प्रालिले यस क्षेत्रमा सुजुकीको नयाँ सुपर क्यारीको वुधवारवाट बिक्री शुभारम्भ गरेको छ । गाडीको बतास व्रदर्श प्रालिका कार्यकारी निर्देशक प्रमेश पराजुलीले एक कार्यक्रमका विच शुभारम्भ गरेका छन् । व्यवसायिक प्रयोजनमा सुपरक्यारी उपयोगि हुने र यसको उत्कृष्ट माइलेज र उच्च भारवहन क्षमताले गर्दा ग्राहकले उच्च मुनाफा आर्जन गर्न सक्ने पराजुलीले बताए ।  यो गाडी विशेष गरि भ्यालीभित्र हलुका प्रकृतिका सामानहरु वोक्नका लागि उपयुक्त हुने पराजुलीले वताए । यो गाडीको माईलेज २२ दशमलव ७ प्रतिलिटर रहेको र गाडीको अधिकतम क्षमता ८० किमी प्रतिघण्टा रहेको बतास व्रदर्श प्रालिका मेनेजर गणेश ढकालले जानकारी दिए । सुजुकी क्यारीको सुरुवाती विक्री मूल्य १२ लाख ४९ हजार रहेको र विक्री शुभारम्भको अवसरमा २० हजार नगद छुटको व्यवस्था गरिएको ढकालले जानकारी दिए । गाडीको टर्निङ ¥याडियस ह्याचब्याक सँग मिल्दो जुल्दो रहेको यसमा लाईट स्टेरिङ ह्रिवल, मोवाईल चार्जिङ सकेट, डुअल एसिस्ट ग्रिप, मल्टि पर्पोज स्टोरेज स्पेस, लक गर्न मिल्ने ग्लोभवक्स र वोटल होल्डर लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा बतास अग्रनाईजेशनका मानव संशाधन विभाग प्रमुख विश्वमणी भण्डारी र कम्पनीका प्रतिनिधि विश्व थापाले पनि गाडीको विशेषताका वारेमा भनाई राखेका थिए । नेपालमा सुजुकी गाडीको विक्रेता चौधरी गु्रप अन्तर्गतको सिजी मोटोकर्प रहेको छ ।







Post a Comment

 
Top