0
गोल्डेन न्यूज संवाददाता
नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीले केन्द्रीय कार्यक्रम अनुसार मणिपाल मेडिकल कलेज पोखरामा बुधबार दिउँसो मागपत्र पेश गरेको छ । पटक–पटक माग राख्दा पनि बेवास्ता भएपछि अखिल क्रान्तिकारीले देशव्यापी रुपमा मेडिकल कलेजको लेखा शाखामा तालाबन्दी गरेको संगठनका केन्द्रीय सदस्य तथा कास्की उपाध्यक्ष आश गुरुङले जानकारी दिए । एक अञ्चल एक आंगिक मेडिकल कलेज विस्तार, एमविविएस र विडिएसमा विद्यार्थी भर्ना कोटा बृद्धि, एमविविएस र विडिएसको चर्को शुल्क खारेज, गुणस्तरीय पठन–पाठन, भौतिक पूर्वाधारको व्यवस्था गरिनुपर्ने अखिल क्रान्तिकारीले माग राखेको छ। यस्तै अन्य मागहरुमा एमविविएस र विडिएसमा विकट क्षेत्र, सीमान्तकृत र गरिब विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढ्ने व्यवस्था, सबै मेडिकल कलेजमा २० प्रतिशत छात्रवृत्ति ग्यारेन्टी, प्रवेश परीक्षामा लिइने शुल्क खारेज रहेका छन् ।  अखिल क्रान्तिकारीले विदेशी र स्वदेशी विद्यार्थीको हकमा एउटै मापदण्डमा प्रवेश परीक्षा गर्नुपर्ने र प्रवेश परीक्षाको योग्यताक्रमका आधारमा भर्ना र भर्नामा हुने दलालीकरणको अन्त्य गर्न पनि माग राखेको संगठनका केन्द्रीय सदस्य गुरुङले बताए । अण्डर टेवलमा लिइने शुल्क खारेज, बढी शुल्क अशुल्ने कलेजको सम्बन्धन खारेज, विगतका सहमति र जायज माग पुरा गर्न पनि संगठनले सम्बन्धित निकायलाई चेतावनी दिएको गुरुङ्ले औल्याए ।  केन्द्रीय कार्यक्रम अन्तर्गत अखिल क्रान्तिकारीले मंसिर १४ गते पत्रकार सम्मेलन, मंसिर १५ गते उप–कुलपति, मेडिकल काउन्सिल, डीन र कलेजहरूमा माग पत्र बुझाउने काम गरिसकेको र बुधबार मेडिकल काउन्सिल, डीन कार्यालय र कलेजको लेखा शाखामा तालाबन्दी गरेको तर कास्कीमा माग पत्र पेश गरेको विद्यार्थी केन्द्रीय नेता गुरुङ्ले जानकारी दिए । यदि सम्बन्धित निकायबाट माग सुनुवाई नभए पुस १ गते कलेज अगाडि विद्यार्थी प्रदर्शन गर्ने र पुस ३ गतेदेखि नयाँ चरणको संघर्षमा उत्रने नेता मल्लले चेतावनी दिए ।







Post a Comment

 
Top