0
लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीले पिस पोष्टर प्रतियोगीता सम्पन्न गरेको छ। जुनियर तथा सिनियर दुई समूहमा गरिएको प्रतियोगिता अन्तर्गत सिनियरतर्फ स्टेप वाइ स्टेप बोडिङ स्कुलकी सविना विक प्रथम, सोही स्कुलका अचुत गिरी द्वितीय, विनित बाटाजु तृतीय तथा स्टेप वाइका साहिल श्रेष्ठ र ज्ञानुबाबा आवासीय विद्यालयकी खुश्बु बानियाँ सान्त्वना हुन सफल भएका छन् । यसैगरी जुनियरतर्फ पोखरा लर्नस एकेडेमीका सुमित छत्याल प्रथम, सोही विद्यालयका आरती लामा द्वितीय, आमाघर पाठशालाका सुदिप भुजेल र विशाल देवकोटा सान्त्वना भए । मासवार पोखरामा रहेको स्टेप वाइ स्टेप उच्च माविमा कार्यक्रमका विजेतालाई कार्यक्रमको निर्णायक संयोजक यादवचन्द्र भुर्तेल रहेका थिए ।
 
कार्यक्रमका प्रमुख अतिथि रिजन चियर पर्सन बालकृष्ण बरालले यस्ता प्रतियोगिताले बालबालिकाको प्रतिभालाई बाहिर ल्याउने बताए । लायन्स क्लब अफ पोखरा फेवा बेगनास चौतारीका अध्यक्ष सन्तोष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा, लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका द्वितीय उपाध्यक्ष जित बहादुर थापा, लायन्स क्लव अफ विरौटा साझा चौतारीका अध्यक्ष दुर्गा कुमारी आचार्य, मेनका पौडेल, सावित्रा पौडेल, रेखादेवी कोइराला, लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीका सचिव विधान गौतम, टेमर मोती पौडेल, टेल ट्वीस्टर महेश्वर रिमाल, वातावरण निर्देशकमा शंकर पाण्डे, स्वास्थ्य निर्देशक लगायतले आ–आफ्नो भनाइ राखेका थिए। विजेतालाई प्रमुख अतिथि रिजन चियर पर्सन बालकृष्ण बराल, लायन्स क्लब अफ पोखरा फेवा बेगनास चौतारीका अध्यक्ष सन्तोष घिमिरे, लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका द्वितीय उपाध्यक्ष जितबहादुर थापा, स्टेप वाइ स्टेप उच्च माविका संस्थापक निर्देशक रमाकान्त बराल, निर्णायक संयोजक यादवचन्द्र भुर्तेल लगायतले पुरस्कार वितरण गरेका थिए ।


Post a Comment

 
Top