0
गोल्डेन न्यूज संवाददाता
पोखरामा १४ औं संस्करणको जेपि क्रस अन्तरबिद्यालय छात्र÷छात्रा वास्केटवल प्रतियोगिता २०७३ विहिबारदेखि सुरु भएको छ । कास्की जिल्ला बास्केटवल संघको आयोजना तथा समाजसेवि कर्णेल जेपि क्रसको मुख्य प्रायोजनमा  भएको उद्घाटन खेलमा कास्की मोडनाईजले विजयी सुरुवात गरेको छ । कास्की मोडनाइज्डले छात्र तर्फ भएको खेलमा मनकामना वोडिङ स्कुललाई २९ को बिरुद्ध ३० स्कोरको झिनो अन्तरले पराजित गरेको हो । विहिबार विहान भएको छात्र तर्फको पहिलो खेलमा वाल कल्याणले लिटिल स्टेप उच्च माविलाई २३ को बिरुद्ध २८ स्कोरले पराजित गर्यो । वाल कल्याणको जितमा रोहित गुरुङले १३ स्कोरको योगदान दिए ।  छात्रा तर्फ भएको पहिलो खेलमा सुजिता गुरुङको ६ स्कोरको मद्धतले ग्लोवल कलिजियटले वालकल्याण माथि १४–१० को स्कोरले जित दर्ता गर्यो । छात्र तर्फको अर्को खेलमा सरस्वती बिद्या आश्रमले रेम्बो एकेडेमीलाई १५ बिरुद्ध ३० स्कोरको फरकिलो अन्तरले पराजित गरेको हो । सरस्वतीको जितमा दशरथ विष्टले १० स्कोर को योगदान दिए । न्यु इरा एकेडेमीले सेन्ट फेन्सीसलाई ८ को बिरुद्ध २४ स्कोरले पराजित गर्यो । विश्वास थापाको ११ स्कोरको मद्धतले टप्स उच्च माविले छात्र तर्फको अर्को खेलमा सोसल पव्लिक स्कुललाई १९ को बिरुद्ध २२ स्कोरले पराजित गर्यो । विहिबारको अन्तिम खेलमा डिफेण्डीङ च्याम्पियन टप्स उच्च माविले छात्रा तर्फ मनकामना उच्च माविलाई ७ को बिरुद्ध १८ स्कोरले पराजित गरेको हो । शुक्रबार विहानैदेखि लिग चरणका खेलहरु हुने भएको संघ कास्कीका सचिव ध्वज कुमार गुरुङले बताए । उनका अनुसार छात्रतर्फ १३ र छात्रा तर्फ भने ११ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता टिमले १०÷१० हजार, उपविजेताले ६÷६ हजार र तेश्रो हुनेले ४÷४ हजार प्राप्त गर्ने छन ।
 
यसैबिच, मंसिर ६ गतेसम्म पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन समाजसेवि जेपि क्रसले गरे । कार्यक्रममा बोल्दै उनले खेलाडीहरुको खेलकुदको विकासमा टेवा पुग्ने भयर आफुले मुख्य प्रायोजन गर्दै आएको जनाए । नेपाल ओलम्पिक कमिटिका सदस्य एवं नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज गुरुङले खेलकुदको विकास भनेकै निरन्तर प्रतियोगिता आयोजना हुनु पनि एक भएको बताए। पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले नेपाली फुटवल खेलाडीहरुले नेपालीहरुको इज्जत विश्व सामु राखेकोे बताए । संघ कास्कीका अध्यक्ष नेत्रबहादुर शेनको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो ।




Post a Comment

 
Top