0
कालीगण्डकी नदीमा जलयात्राको मज्जा लिन बर्सेनि हजारौँ विदेशी पर्यटक आउँछन् । जिल्ला विकास समिति पर्वतले जलयात्राका लागि आउने ती पर्यटकबाट कर असुली गर्दै आएको छ । तर, जलयात्रा सुरु हुने स्थलमा व्यवस्थित शौचालयको अभाव हुँदा विदेशी पर्यटकले असन्तुष्टि जनाएका छन् । कालीगण्डकीमा पर्वतको पाङस्थित नयाँपुलबाट जलयात्रा यात्रा सुरु हुन्छ तर, त्यहाँ वनभोजमा आउने समूहले अत्यधिक फोहर छाड्ने गरेका छन्। “जथाभावी फोहरले दुःखी बनायो” इजरायली नागरिक असाफ अलोनीले भने–“अब आउनेले यस्तो देख्न नपरोस् ।” उनले फोहरसँगै व्यवस्थित शौचालय र पिउने पानीको अभाव भएको बताए । असाफजस्तै अन्य पर्यटकले पनि जथाभावी फोहर र शौचालय नभएकोमा दुःख मनाउ गरेका छन् । रिभर गाइड ज्ञानु तिवारीले जलयात्रा गर्नुपूर्व तयारी गर्ने नयाँपुलमा शौचालय र खानेपानीको निकै समस्या भएको गुनासो गरे। “शौचालय र खानेपानीको व्यवस्थापन आवश्यक छ,” उनले भने । रासस





Post a Comment

 
Top