0
गोल्डेन न्यूज संवाददाता
कर्ण ग्रुप अफ होटलको सातांै होटल हिमालयन फ्रन्ट संचालनमा आएको छ । पर्यटकीय शहर पोखराको सराङकोटमा रहेको सातांै होटल हिमालयन फ्रन्टको बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । उक्त होटलको सगरमाथाबाट स्की गर्ने पर्यटक जापानीज नागरिक युइचिरो मुइरा र अशल ट्याक्सी चालक युद्ध बहादुर कार्कीले भिन्दाभिन्दै तरिकाले उद्घाटन गरे । पर्यटकीय शहर पोखराबाट नजिकै सराङकोट जाने बाटोमा २५ करोड लगानीमा सञ्चालनमा आएको होटलमा ४४ वटा कोठाहरु रहेका छन । होटलमा रहेको सवै कोठाबाट माछापुच्छ«े र अन्नपूर्ण हिमश्रृङ्खला सजिलै देखिन सकिने र होटलमा विशेष गरी जापानिज पर्यटकहरु बढी मात्रामा आउने गरेको होटलका रेसिडेन्स म्यानेजर किरण खड्काले बताए । होटलमा हिमालको मनोरम दृश्य देखिने कोठामात्र नभइ स्वीमिङ पुल, कन्फ्रेन्सहल र रुफ टफमा रहेको रेष्टुरेन्टबाट मनोरम हिमश्रृङ्खला र पोखरा बजार सजिलै देख्न सकिने भएकाले पर्यटकको रोजाइमा पर्ने गरेको उनको भनाइ रहेको थियो । होटलमा नेपालीलाई ८ हजारको हाराहारीमा रुम प्रदान गरिने र विदेशीको हकमा २ सय डलरमा रुम प्रदान गरिने खड्काले बताए । ५ महिना अगाडिदेखि संचालनमा आएको होटलको विशेष मौका पारेर उद्घाटन समारोह गरिएको होटलका सञ्चालक कर्ण शाक्यले बताए । शाक्यका अनुसार सन १९७२ मा सगरमाथाबाट स्की गरेर नाम राखी दुइ पटक सम्म ८० वर्षको उमेरमा हिमाल आरोहण गरेको जापानीज नागरिक युइचिरो मुइराको पोखरा आगमनको अवसर पारेर उद्घाटन गरिएको हो । होटलको सम्पूर्ण कन्सेप्ट हिमाल देखिने र हिमाललाइ नजिकबाट नियाल्न सकिने भएकाले आफूले होटलको नाम हिमालयन फ्रन्ट राखेको र युइचिरो मुइराको हातबाट होटलको उद्घाटन गरेको बताए ।  त्यसैगरी नेपालमा इमान्दार मानिसको कमी भएको वताउदै इमान्दार ट्याक्सी चालक युद्ध बहादुर कार्कीको नाममा होटलको कन्फ्रेन्स हलको नाम राखेको र उनकै हाटबाट कन्फ्रेन्स हलको उद्घाटन गरिएको वताए । काठमाडांै गेष्ट हाउस, पार्क भिलेज, चितवन र लुम्बिनी गरी पोखराको वाटरफ्रन्ट होटल सहित सराङकोटमा रहेको हिमालयन फ्रन्ट होटल कर्ण गु्रप अफ होटलको सातांै होटलको रुपमा रहेको छ । होटलको उद्घाटन गर्दै जापानिज नागरिक युइचिरो मुइराले कर्ण गु्रप अफ होटलले भिन्दा भिन्द्र शैलीमा होटल सञ्चालनमा ल्याएकाले होटलहरु सोचेभन्दा राम्रो उपलब्धि हासिल गरेको बताए।  त्यस्तै ट्याक्सी चालक युद्ध बहादुर कार्कीले आफूले कसैले सम्मान गरोस् भन्ने चाहनाले आफूले ट्याक्सीमा भेटेको रकम प्रहरीलाई नबुझाएको र सरकारले सम्मान नगरेपनि विभिन्न ब्यक्तिले आफूलाई गरेको सम्मान स्मरणीय रहेको बताए ।

Post a Comment

 
Top