0
गोल्डेन न्यूज संवाददाता
केही समयअघि मात्र काठमाडौंबाट आप्mनै गृहजिल्ला कास्कीमा सरुवा भएर आएका जिल्ला शिक्षा कार्यालय कास्कीका जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमले डेलिगेशन आउन नपर्ने गरी काम गर्ने बताएका छन् । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन कास्कीले शुक्रबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै जिशिअ गौतमले आफू कसैको कुनै पनि किसिमको लोभमा नफस्ने स्पष्ट पारे । कास्की जिल्लामा खास समस्या नदेखेको भन्दै जिशिअ अधिकारीले भने–‘कसैले पनि डेलिगेशन आउन नपरोस् भन्ने मेरो चाहना सधैं हुन्छ । जिल्लामा मैले खास समस्या देखेको छैन, केही समस्या छन्, तिनको समाधानका लागि म तत्पर छु ।’ उनले आफ्नै गृहजिल्लामा सरुवा भएर आउन पाउनु अहोभाग्य भएको भन्दै जिशिअ गौतमले कुनै पनि शिक्षक संगठनलाई तेरो र मेरो नभनि समान व्यवहार गर्ने स्पष्ट पारे । शिक्षा क्षेत्रलाई सपार्ने कि बिगार्ने भन्ने शिक्षकहरूकै हातमा भएको भन्दै उनले आफ्नो कार्यक्षेत्रमा खटिएर शिक्षा क्षेत्रको सुधारमा लाग्न शिक्षकहरूलाई आग्रह गरे । जिशिअ गौतमलाई स्वागत गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं शिक्षक संगठनका जिल्ला इञ्चार्ज बालकृष्ण काउछामगरले विधिमा टेकेर काम गर्ने हो भने कुनै पनि क्षेत्रमा राजनीति गर्नु जरुरी नपर्ने बताए । ‘जिशिअ गौतमको कार्यकाल उदाहरणीय बन्नेमा हामी विश्वस्त छौं’, नेता काउछामगरले भने–‘गौतममा रहेको कलात्मक क्षमता र कुशलता सफलताका लागि सहयोगी सिद्ध हुनेछ ।’ शिक्षा ऐनका आधारमा शिक्षा क्षेत्रका समस्या समाधानमा अग्रसर बन्न शुभकामना दिँदै नेता काउछामगरले जिशिअ गौतमले शिक्षा क्षेत्रको समस्यालाई पहिचान गर्न सक्ने र समाधान पनि दिन सक्ने विश्वास व्यक्त गरे । नयाँ जिशिअ गौतमले अवकाश पाउन ४ महिनामात्र बाँकी रहेको बताइन्छ । यसै प्रसङ्गलाई कोट्याउँदै काउछाले जिशिअ गौतमको अवकाश हुन चार महिनाको छोटो अवधि बाँकी रहेपनि कार्यकाल स्वर्णिम हुने आशा गरे । एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य एवं जिल्ला एकता सम्मेलन आयोजक समितिका संयोजक गोपालमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तारा पौडेलले स्वागत र महेन्द्रमणि पौडेलले सञ्चालन गरेका थिए ।
 
यसैबीच एन प्याब्सान कास्कीले पनि एक कार्यक्रमका वीच जिल्ला शिक्षा कार्यालय कास्कीका जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमलाई स्वागत गरेको छ। कार्यक्रममा एन प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोची, केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई, केन्द्रिय उपाध्यक्ष याम खड्का, र कास्कीका सल्लाहकार रामप्रसाद शर्मा दोसल्ला ओढाई मायाको चिनी प्रदान सहित स्वागत गरेका थिए। उक्त कार्यक्रममा बौल्दै जिल्ला शिक्षा अधिकारी गौतमलले निजि तथा संस्थागत विद्यालयले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कसैले पनि नजर अन्दाज गर्न नसकिने बताए। ‘शिक्षा क्षेत्रमा निजी क्षेत्रको लगानी नभएको भए सरकारले मात्रै व्यवस्थापन गर्न समस्या थियो’, उनले भने–त्यसैले पनि यस क्षेत्रमा निजी क्षेत्रले खेलेको भूमिका उल्लेखनीय छ।’ निजी तथा संस्थागत विद्यालयसंग जिल्ला शिक्षा कार्यालयको सामिप्यता भएकोले जिल्ला शिक्षा कार्यालयबाट पाउने सुविधाबाट वञ्चित नहुने उनले बताए। जिल्ला शिक्षा कार्यालय भनेको तपाईहरुको नै हो उनले भने–‘सरकारका नीति नियममा तपाईहरु चल्नुहोस् तपाईहरुलाई जिल्ला शिक्षा कार्यालयले कहिल्यै अप्ठयारो पार्ने छैन।’ निजी क्षेत्रका समस्याहरु समाधान गर्नका लागि जिल्ला शिक्षा कार्यालय सधैं तयार रहेको उनले स्पष्ट पारे ।  एन प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको कार्यक्रममा द्वितीय उपाध्यक्ष केशवशरण पौडेलले स्वागत र सचिव मनकाजी गुरुङले कार्यक्रम संचालन गरेका थिए।



Post a Comment

 
Top