0
गोल्डेन न्यूज संवाददाता
पोखरामा अटो व्यवसाय फस्टाउँदै आएको छ । पोखराको नयाँबजार र बुद्धचोक क्षेत्रमा रहेका अटो व्यवसायहरुले यस बर्ष गत बर्षको तुलनामा करिब दोब्बरले बढी अटो व्यवसायको कारोबार गर्न सफल भएका छन । गत बर्ष भूकम्प र नाकावन्दीले प्रभावित हुन पुगेको अटो व्यवसाय यस बर्ष भने निकै फस्टाउँदै आएको नेपाल डिलर्स एशोसिएशन (नाडा) का केन्द्रीय उपाध्यक्ष धुव्र बहादुर थापाले बताए । गत बर्षको तुलनामा यस बर्ष नेपालमै अटो व्यवसाय हालसम्म करीब ४० देखि ५० प्रतिशतले बढी कारोवार भएको थापाले दाबी गरे । गो फोर्डका संचालक समेत रहेका थापाले कार चढ्ने व्यक्तिहरुको पछिल्लो क्रममा विलासिताको लागि मात्र नभई आवश्यकताको लागि र शहरीकरणले गर्दा यसको माग बढेको दाबी गरे । उनले भने–‘पछिल्लो क्रममा बैंक तथा विक्रीय संस्थाहरुले समेत न्युन व्याजदरमा ९० प्रतिशतसम्म लगानी गर्ने गरेकोले पनि राम्रो आम्दानी हुनेहरुले कार चढ्न लागेका छन । फोर्डका गाडीहरु भारतमा बढी लोकप्रिय हँुदै सन २०१५–२०१६ मा उत्कृष्ट कार भएकोले पनि पोखरामा यसको माग अनुसार आफूहरुले दिन नसकेको उनले बताए । विक्री पछिको सेवा सहित पार्टस सर्वसुलभ भएकोले र नेपालको वातावरण सुहाउँदो गाडी भारतमा उत्पादन भएकोले गर्दा यसको माग दिनानु दिन बढ्दै गएको उनले बताए । पोखरामा अटो व्यवसाय बढ्दै जाँदा सडक अबस्थामा समयमै ध्यान दिन नसके काठमाडौंको जस्तो ट्राफिक जाम हुने उनले जनाए ।

पश्चिमाञ्चल अटो मोवाईल डिलर्स एशोसिएशनका संस्थापक अध्यक्ष एवं दिप लक्ष्मी व्राईट ईन्टरनेश्नल प्रालिका प्रवन्ध निर्देशक राजेन्द्र वाटाजुले भारतको चर्चित ब्राण्ड टाटाका गाडीहरु धेरैको मन जित्न सफल भएको बताए। उनका अनुसार गत बर्ष प्रा.लि.ले एक हजार २ सय वटा टाटाका विभिन्न कारहरु विक्री गरेको थियो भने यसबर्षको ६ महिनामा एक हजार २५ वटा कारविक्री गरेको छ । दशैं पर्वको अवसरमा धेरै कार विक्री भएको उनले जनाए । १८ लाख देखि ६१ लाख मूल्य बराबरका कारहरु आप्mनो शो रुमबाट विक्री भएको बताएका वाटाजुले टिया गो गाडी फूलअफ्सनमा भएकोले बढी मन पराएको वाटाजुले बताए । ड्याडसन शोरुमको गण्डकी धौलागिरीएको आधिकारीक विक्रेता थ्रि एस.ट्रेड हाउसका संचालक मध्यका एक गोपाल बरालले गत बर्ष भन्दा यस बर्षको दशैं पर्वको अवसरमा अत्याधिक रुपमा कारको विक्री भएको बताए । सस्तो १३ लाख ९९ हजार रुपैयाँ देखि १८ लाख ५० हजार रुपैयाँसम्मका कारहरु आफ्नो शोरुममा भएकोले यसको माग बढी रहेको बरालले बताए । गत बर्ष करीब ४५ वटा कार विक्री गरेको थ्रि एस.ट्रेडले यस बर्षको दशैंको अवधिसम्म गत बर्षको भन्दा दोब्बरले बढी कार विक्री गर्न सफल भएको छ । एल.आई.मोटर्सका सेल्स अपिसर किशोर पौडेलले गत बर्षको तुलनामा यस बर्ष कारको विक्री धेरै राम्रो भएको बताए । १८ लाख ९६ हजार देखि एक करोड २२ लाख ९६ हजार रुपैयाँ बराबरका कारहरु शोरुममा भएको बताएका उनले गत बर्ष ३ सयको हाराहारीमा विक्री भएको जनाए । यस बर्ष दशैंको अवसरमा सहित गरेर ५ सय वटा कार विक्री भएको उनले जनाए । जग्गाको कारोवारले गर्दा पनि पोखरा, लेखनाथ, स्याङ्जा, वालिङ, बागलुङ, दमौली लगायतका क्षेत्रमा कार चढ्नेहरुको सङख्यामा बृद्धि भएको उनको धारणा छ । वतास ब्रदर्शको महेन्द्रा शोरुम पोखरा बुद्धचोकको सेल्स एक्जुकेटिभ विमल भण्डारीले टि.यु.भि स्करपियो, वलेरो जिप लगायतका गाडीहरु माग अनुसार आफूहरुले ग्राहकले भनेको समयमा पु¥याउन नसकेको बताए । पछिल्लो क्रममा कारहरुको माग बढी भएकोले सोरुममा प्रदर्शन गर्न नपाउँदै ल्याउन साथ विक्री हुने गरेको छ । निसान, किया लगायतका कारहरु समेत पोखरामा यस बर्षको दशैंको अवसरमा धेरै विक्री भएको बताईन्छ ।

विलासिताको रुपमा लिईने गरेको सवारी साधन कारलाई पछिल्लो क्रममा आवश्यकताका लागि बढी प्रयोग हुन थालेसंगै यहाँको आर्थिक विकासमा सुधार आएकोले कार चढनेहरुको संख्यामा बृद्धि भएको हो ।  कारमा यात्रा गर्दा सानो सवारी साधन मोटरसाईकल स्कुटर भन्दा बढी सुरक्षित हुने भएकोले गर्दा पनि कार चढ्नेहरुको सङख्यामा बृद्धि भएको व्यवसायीहरु बताउछन । पोखरा क्षेत्रमा १३ लाख ९९ हजार देखि एक करोड २९ लाख रुपैयाँ बराबरका कारहरु उपलब्ध छन । पोखरा क्षेत्रमा कार विक्री गर्ने आधा दर्जन भन्दा बढी शोरुमहरु पोखरामा रहेका छन्।

Post a Comment

 
Top