0
मंगलबारबाट शुरु भएको पोखराको पृथ्वीचोकमा रहेको बाँस्तोला कम्प्लेक्समा आयोजित सस्तो व्यापार मेला–२०७३ मा दर्शकको घुइँचो लागेको छ। मनोरञ्जनसँगै दसैका अत्यावश्यक सामाग्रीहरु समेत उपलब्ध भएका कारण मेलामा दर्शकको घुईचो लागेको हो। दर्शकको घुइचोको बीचमा पूर्व उद्योगमन्त्री महेश बस्नेतले समेत मेलामा सहभागीता जनाएका छन्। बुधबार मेला सञ्चालन भइरहेको बास्तोला कम्प्लेक्समा पुगेका पूर्व मन्त्री बस्नेतले बाँस्तोला कम्प्लेक्सलाई प्रदेश नम्बर चारको नमुना बजार बनाउने गरी ब्यापार सञ्चालन गर्नुपर्नेमा जोड दिए । ब्यापारिक केन्द्र पृथ्वीचोकमा भर्खरै सञ्चालनमा आएको कम्प्लेक्सको सफलताको समेत उनले कामना गरे । विजयादशमी तथा शुभ दिपावलीको अवसरमा उपभोक्ताको सहजताका लागि मेला आयोजना गरिएको हो। मेलामा प्रत्यक दिन चर्चित हाँस्य तथा लोकदोहोरी कलाकारको प्रस्तुति रहने छ। मेलामा मातृशक्ति गृहणी नृत्य प्रतियोगिता समेत राखिएको छ। प्रवेश निःशुल्क राखिएको सो मेलामा सहभागी दर्शकले दुई सय बराबरको सामान किने एउटा कुपन दिई भाग्यशाली ग्राहक एवम् दर्शकलाई च्याङ्ग्रा उपहार प्रदान गरिने छ। मेला अवधिभर प्रति दिन ५० लाख भन्दा माथिको कारोवार हुने अपेक्षा गरिएको सञ्चालक उमराज बाँस्तोलाले बताए।

Post a Comment

 
Top