0
दशैंका लागि पोखरामा हिमाली च्याङ्ग्रा भित्रिएका छन् । दशैंका लागि हिमाल पारिको जिल्ला मुस्ताङबाट २३ हजार च्याङग्रा भित्रिएको पशु सेवा कार्यालय कास्कीले जनाएको छ । अघिल्लो वर्ष भन्दा यस वर्ष ३ हजार बढी च्याङग्रा पोखरा भित्रिएका हुन् । यसअघिका वर्षमा तिब्बतबाट पनि च्याङग्रा ल्याउने गरिएको भएपनि यस वर्ष मुस्ताङमै च्याङ्ग्रा प्रशस्त भएकाले तिब्बतका च्याङ्ग्रा नल्याइएको ब्यबसायीले बताएका छन् । मुस्ताङबाट १५ दिनअघि नै ल्याउन सुरु गरिएको च्याङग्रा म्याग्दी, पर्वतहुँदै पोखरा आइपुगेको हो । च्याङग्रा पोखरा भित्रिएपनि च्याङ्ग्रा बेच्ने मुख्य ठाउँ टुँडिखेलमा भने राखिसकिएको छैन । बाटोमै खरिद बिक्री ः च्याङग्रा अहिले पोखरा २७ हेमजाको याम्दी लगायतका क्षेत्रमा छन् भने केही लुम्ले, काँडेतिरै छन् । सप्तमीदेखी मात्रै टुँडिखेलमा च्याङ्ग्रा भित्राउने गरिएको छ । टुँडिखेलमा असोज १८ गतेदेखि ‘दशैँ फूलपाती मेला’ शुरु भएपनि च्याङग्राको स्टल महङ्गो राखिएकाले फूलपातीदेखि मात्रै त्यहाँ च्याङ्ग्रा ल्याइने ब्यबसायी बताउँछन् । मुख्य बजारमा च्याङ्ग्रा नआईपुगेपनि ग्राहक भने याम्दी, हेमजा, लुम्ले, काँडे लगायतका क्षेत्रमै पुगेर खरिद गर्न थालेका छन् । वर्षरवर्षमा मात्र च्याङ्ग्रा पाइने भएकाले सर्वसाधारण बाटोमै पुगेर च्याङग्रा खरिद गर्ने गर्छन् । कोहि भने रोजेर किन्न पाइने भएकाले लुम्लेरकाँडेसम्मै पुगेर च्याङ्ग्रा खरिद गर्छन् । कास्कीका उपभोक्ताहरुलाई सहुलियतमा च्याङग्रा उपलब्ध गराउने उद्देश्यले जिल्ला विकास समिति कास्कीले अघिल्लो वर्षदेखि कर उठाउन छाडेको छ ।

Post a Comment

 
Top