0
गोल्डेन न्यूज संवाददाता
पोखराको नयाँबजारमा रहेको पोखरा बहुमुखी क्याम्पसले भूकम्प पीडित र दलित छात्रालाई स्नातक तहमा निःशुल्क भर्ना गरिदिने भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्पसले बिए र बिबिएस प्रथम वर्षमा भर्ना हुँदा शुल्क नलिने निर्णय गरेको हो ।क्याम्पस प्रमुख सुनिल मर्सानीका अनुुसार तीनवर्षे बिए र चारवर्षे बिबिएसको प्रथम वर्षमा अध्ययन गर्न चाहने भूकम्पपीडित र दलित छात्राले निःशुल्क भर्ना पाउनेछन् । ‘भूकम्प पीडित र दलित छात्राका लागि गाविसले दिएको शिफारिसको आधारमा हामीले उनीहरुलाई छुट दिनेछौं,’ उनले भने–‘आर्थिक अभावमा पढाईबाट बञ्चित हुनु नपरोस भनेर यो छुट दिएका हौं ।’ यो छुटले कम आयश्रोत हुने विद्यार्थीलाई राहत मिल्ने उनले बताए । भर्ना शुल्क २ हजार ५ सय रुपैयाँ छुट हुने मर्सानीले बताए । ‘सामुदायिक क्याम्पस भएकोले हामीले विद्यार्थीलाई छुटमार्फत राहत दिन चाहेका हौ,’ उनले भने,–‘यसले विद्यार्थीलाई पढ्नका लागि प्रोत्साहन गर्नेछ ।’ भूकम्पपीडित र दलित छात्रा बाहेक अरु विद्यार्थीले पनि विशेष छुट पाउनेछन् । १२ कक्षा उत्तिर्ण हुँदाको अंक प्रतिशत हेरेर विशेष छुट दिइने मर्सानीले बताए । क्याम्पसमा तीनवर्षे बिए र चारवर्षे बिबिएसमा अध्यापन हुन्छ ।

Post a Comment

 
Top