0
गोल्डेन न्यूज संवाददाता
एउटा सुन्दर गुरुङ वस्ती भएको मिर्सा गाँउ । कास्की माछापुच्छ्रे« गाविसको वडा नम्बर ७ र ८ मा पर्ने मिर्सामा विगत ४ बर्ष देखि घरवास कार्यक्रम
(होमस्टे) संचालन हुँदै आएको छ । अन्नपूर्ण २, अन्नपूर्ण ४ हिमाल, सेतीनदी बगेको नागवेली दृश्य, गाँउलेहरुको अतिथि सत्कार, कला संस्कृति अनि अर्गानिक खानपानले मोहित पार्न गरेको मिर्सा होमस्टेमा एक रातको ९ सय रुपैयाँ मात्र रहेको छ । प्रति पर्यटक एक रात बसाइ हुने गरी खाजा र खानासहित वासको ९ सय रुपैयाँ मात्र रहेको छ । समुद्री सहतदेखि करीब १४ सय फिट उचाईमा रहेको मिर्सा गाँउमा जान तातोपानी खारापानीबाट करीब ३० मिनेटको पैदलबाट पुगिन्छ । मिर्सामा हाल १७ घरमा होम स्टे रहेको स्थानीय वन सुवा गुरुङले बताईन । हाल एक रातमा ४० जनासम्म राख्न सकिने समितिले जनाएको छ । २०६९ सालदेखि सुरु भएको उक्त होम स्टेमा एक रात वसेको शुल्क भने गत बर्ष एक सय बढाएर ९ सय पु¥याइएको मिर्सा होम स्टे व्यबस्थापन समितिका अध्यक्ष बुद्धि कुमारी गुरुङ (नानी) ले बताईन । आफ्नो गाँउमा आउने पाहुनालाई अर्गानिक खानाको स्वादमा वेलुका सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने भएको उनले बताईन । गत साउनमा तातोपानी खारापानी क्षेत्रमा गएको पहिरोको कारणले पर्यटकीय गाँउ मिर्सा जाने बाटो अबरुद्ध हुँदा विगत ४ महिना देखि होम स्टेमा असर परेको छ । मिर्सा होमस्टे व्याबस्थापन समितिका पुर्व संयोजक सूर्य बहादुर गुरुङले मिर्सा जाने बाटो पहिरोले गर्दा हाल मर्सिामा पर्यटक खासै नआएको बताए ।  जिल्ला विकास समितिबाट उक्त पहिरो पन्छायर सडकर्म मर्मत गर्ने केहि बजेट विनियोजन भए पनि विगत ४ महिना देखि पहिरोले गर्दा आफूहरुको थप आयश्रोत होम स्टे कार्यक्रम प्रभावित हुन पुगेको गुरुङले जनाए । मिर्सा होमस्टे व्याबस्थापन समितिका अध्यक्ष बुद्धि कुमारी गुरुङ (नानी) ले गत बर्षको भूकम्प र नाकावन्दीले असर पारेको होम स्टेलाई यस आर्थिक बर्षको सुरुमै पहिरोले गर्दा पर्यटकहरु मिर्सामा खासै नआएको बताईन । साउन पछि कार्तिकको पहिलो सातामा होम स्टेमा एउटा टिम आउँदा आफुहरु निकै हर्सित भएको नानीले बताईन ।  आईस हक्की संघको १५ सदस्य एक टोली शनिबार एक रात वसाईको लागि गाँउमा पुग्दा गाँउलेहरुले फुलमाला र अविरले उनीहरुलाई स्वागत गरेका थिए । पोखराका उद्योगि व्यवसायी सूर्य बहादुर श्रेष्ठले मिर्सा गाँउ साच्चै राम्रो लागेका कारण आगामी आफूहरुको अन्य कार्यक्रम समेत मिर्सामा आयोजना सोचमा छन । आईस हक्की संघ कास्कीका अध्यक्ष बिद्या मर्सानीले मिर्सा गाँउमा विगत ४ महिनादेखि पर्यटक विहीन भएको अबस्थामा आफूहरुको सानो टिम आउँदा पनि अतिथि सत्कार गरेकोमा खुशी व्यक्त गरे । तातोपानी खारापानी क्षेत्रमा ठुलो पहिरो गएका कारणले गर्दा सेतीनदी किनारा हुँदै मिर्सा गाँउ जानु पर्दछ । कुनैपनि समयमा पहिरो वग्ने भएकोले गर्दा स्थानीयलाई समेत हाल त्रास भएको अन्नपूर्ण निमाविका शिक्षिका सदिक्षा गुरुङले बताईन । मिर्सा गाँउका एक कृषक पूर्ण बहादुर गुरुङले मिर्सा जाने बाटोमा पहिरो गएका कारणले गर्दा आफूले गाँउमा उत्पादन गरेको मौसमी तथा वेमौसमी फलफूल तरकारी समेत बजारमा विक्री गर्न कठिन भएको गुनासो गरे । अन्तर्राष्ट्रिय आईस हक्की महासंघका परामर्शदाता तथा आईस हक्की संघ फ्रान्सका अध्यक्ष समेत रहेका लुक टारडिफले मिर्सा जाने बाटोमा पहिरो गए पति गाँउको अतिथि सत्कारले गर्दा आफुहरु मिर्सा गाँउसम्म पुगेको बताए । उनले भने–‘नेपालको भू–वनोट पहाडै पहाडबाट बनेको हुँदा पर्यटकीय स्थलमा पुग्ने बाटो अबरुद्ध हुँदा समयमै मर्मत संहार हुन सके स्थानीयलाई सहज हुने बताए ।”आफ्नो घर परिवारको जस्तै होम स्टेमा व्यवहार पाएकोमा खुसि व्यक्त गर्दै उनले गाँउमा भएको कला, संस्कृतिलाई निरन्तर संरक्षण गर्न आग्रह गरे ।  नेपाल आईस हक्की संघका अध्यक्ष लोकबहादुर शाहीले नेपालका धेरै पदमार्गहरु विस्थापित हँुदै गएको अबस्थामा पोखरादेखि नजिक रहेको मिर्सा होम स्टेले धेरै पर्यटकहरुलाई आकषर्ण गर्ने दाबी गरे । पहिलो पटक होम स्टेमा बस्दा आफूले सुनेको भन्दा धेरै राम्रो व्यावहार मिर्सामा पाएको बताएका शाहीले नेपाली पन झल्कनी वस्तुहरु नै प्रयोग गर्न स्थानीयलाई सुझाव दिए । संघका उपाध्यक्ष एवं पोखराका पर्यटन व्यवसायी मदन केसीले प्रचार प्रसारको कमिले गर्दा पोखरा नजिक रहेको मिर्सा होमस्टे राम्रोसंग फस्टाउन नसकेको बताए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पर्यटकीय सम्भावना भएका क्षेत्रमा कुनै सडक अबरुद्ध हुदा छिट्टो सडक संचालन गर्नुपर्ने बताए । उनले भने–अहिलेको यस्तो महङ्गीको समयमा पनि मिर्सामा नौ सयमा होमस्टे संचालन भएको छ, यसको प्रचार हुन सके आन्तरिक पर्यटन प्रवद्र्धन हुन्छ ।’

Post a Comment

 
Top