0
गोल्डेन न्यूज संवाददाता
पोखराको नयाँबजारमा रहेको विश्वकर्मा अटो वक्र्सले यामाहा कम्पनीको नयाँ स्कूटर भित्र्याएको छ । विश्वकर्मा अटो वक्र्स पोखरामा लागि यामाहा कम्पनीको आधिकारिक विक्रेता हो । पोखरामा भित्रिएको यामाहाको नयाँ स्कूटर रेजेडआर हो । रेजेडआर नितान्त स्पोर्टी लुक्समा रहेको छ । स्पोर्टी । हेभी स्कूटरमा बलियो फ्रन्ट माक्स, सिधा रेखाहरु र गतिको आभाष दिलाउने ग्राफिक्स कोरिएको भएपनि नयाँ मोडेल स्कूटरले व्यवहारिकता र सुविधालाई विशेष जोड दिएको विश्वकर्मा अटो वक्र्सका सेल्स सुपरभाइजर अर्जुन सुवेदीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । उनका अनुसार पुरुष मोटरसाइकल चालकलाई लेग स्पेस, ठूलो, हन्डरसिट स्टोरेज र बाक्लो कुशन रेजेडआर स्कूटरमा रहेको छ । रेजेडआरमा एअर कुल्ड ४–स्टोक, एसओएचसी, ११३ सीसी ब्लुकोर इञ्जिन रहेको छ । रेजेडआर अन्य स्कूटरको तुलनामा धेरै आकर्षक छ । सेल्स सुपरभाइजर सुवेदीले भने–‘रेजेडआरले प्रति लिटर ६६ किमि गुड्नुका साथै इन्धनको अधिकतम् प्रयोगलाई प्रत्याभूत गर्छ । विश्वकर्मा अटोवक्र्सका प्रवन्ध निर्देशक सरोज श्रेष्ठका अनुसार पोखरामा यामाहा मोटरसाइकल तथा स्कूटरले कूल ४५ प्रतिशत र स्कूटरले ३९ प्रतिशत हिस्सा ओगटेको छ । पोखरामा यामाहाको फेसिनो, रेजी र अल्फा निकै रुचाइएको स्कूटर भएको भन्दै रेजेडआरले विशेषगरि युवा पिंढीको मन जित्ने विश्वास व्यक्त गरे । आफूहरु यामाहाको उत्पादन र बजार प्रवद्र्धनका साथै ग्राहकको रोजाइमा परेको भन्दै रेजेडआर पोखरा भित्रिएपछि आफूहरु थप उत्साहित भएको बताए ।
 
रेजेडआरमा कि सटर लकिङ्ग सिस्टम समेत रहेको कम्पनीको सिनियर सेल्स म्यानेजर प्रकाशदेव ओझाले जानकारी दिए । उनका अनुसार कि सटर लकिङ्ग सिस्टमले स्कूटर चोरी हुनबाट पूर्ण जोगिने छ । ‘यो स्कुटरमा चुच्चो टेल लाइट छ र यसले स्कूटलाई थप आकर्षित बनाएको छ’, उनले थपे–‘स्कूटरको पछाडिको साइट लाइट बडीबाट बाहिर निस्कने गरि डिजाइन गरिएकाले यस स्कूटरलाई स्पोर्टी बनाएको छ ।’ रेजेडआर स्कूटरमा डिस ब्रेक, ट्युवलेस टायर, रेवस्ट बडी रहेको उनले स्पष्ट पारे । रेजेडआरमा डिक्स र ड्रम ब्रेकमा उपलव्ध छ । हाल डिक्स ब्रेक मोडल म्याट ग्रिन र फिज ह्वाइट गगर २ रङ्गमा रेजेडआर उपलव्ध रहेको विश्वकर्मा अटोवक्र्सले जनाएको छ ।  डिस र नन डिसमा उपलब्ध भएको उक्त स्कुटरको मुल्य एक लाख ९२ हजार ९ सय र नन डिसको १ लाख ८४ हजार ९ सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । उक्त स्कुटरमा साँढे ५ लिटर क्षमताको ट्याङकी भएको रहेको छ । दशैं पर्वको अवसरमा उक्त स्कुटर किन्दा न्यूनतम ८ हजार छुट दिने भएको छ ।  रेजेडआरको बिहीबार आयोजित एक कार्यक्रममा तमु धि नेपालकी केन्द्रीय अध्यक्ष कर्मा गुरुङले सार्वजनिक गरिन् । उक्त कार्यक्रममा प्रमुख अतिथि कर्मा गुरुङ, यामाहा कम्पनीका सिनियर  सेल्स म्यानेजर प्रकाशदेव ओझा, विश्वकर्मा अटो वक्र्सका प्रवन्ध निर्देशक सरोज श्रेष्ठ, निर्देशक शिव श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली लगायतले नयाँ रेजेडआर स्कूटरले पोखरामा प्रवद्र्धन गर्ने बताएका थिए ।स्कुटर सार्वजनिक कार्यक्रममा जेडआर खरिद गर्ने पहिलो दुई जना ग्राहकलाई चावी  हस्तान्तरण गरिएको छ । यसैबीच यामाहाको नयाँ स्कूटर लञ्चिङको अवसरमा बिहीबार र शुक्रबार नयाँ स्कूटरको साथमा स्कूटर ¥यालीको समेत आयोजना गरिएको छ ।



Post a Comment

 
Top