0
गोल्डेन न्यूज संवाददाता
भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्स् र टाटा मोटर्स्को नेपालका आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ प्रालिले टाटा मोटर्स्को नयाँ स्पोर्टी ह्याचब्याक टिआगो पोखराको बजारमा ल्याएको छ । अत्याधुनिक डिजाइनसहित डाइनेमिक ड्राइभिङ सुविधा भएको कारको मूल्य २२.५५ लाखबाट सुरु छ । नयाँ रिभोटर्न १.२  लि.पेट्रोल इन्जिनमा उपलब्ध कार स्ट्राइकर ब्लु, बेरी रेड, सनब्रस्ट अरेन्ज, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट र प्लाटिन रङको छ । पोखरामा बुधबार पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले उक्त कार सार्वजनिक गरेका थिए । ४८ घण्टामा मर्मत ग्यारेन्टी सिप्रटीले गरेको छ । फास्ट ट्रयाक सेवा, झन्झटरहित सेवाको लागि २४ घन्टे ग्राहक सेवा सुविधा आदिको जानकारी एवं प्रयोगका लागि टाटा मोटर्स कनेक्ट मोबाइल एप्लिकेसन प्रयोग गर्न सकिने सिप्रदीका डिलर डेभलपर अफिसर नीरोज महर्जनले जानकारी दिए । ‘एप्लिकेसनले नेपालभरका ग्राहक सेवा नेटवर्कमा प्रदान गरिने पिक अप र ड्रप सेवाको समेत जानकारी प्रदान गर्छ’ उनले भने ।  सिप्रदी ट्रेडिङका जनरल म्यानेजर प्रवीण खतिवडाले ग्राहकलाई उत्कृष्ट वस्तु तथा सेवाहरु प्रदान गर्ने उद्देश्यस्वरुप अत्याधुनिक ह्याचब्याक टिआगो गण्डकी अञ्चलमा भित्र्याएको जानकारी दिए ।  दीपलक्ष्मी ब्राइट इन्टरनेसनलका प्रबन्ध निर्देशक राजेन्द्र बाटाजूले अटोमोटिभ क्षेत्रमा टाटा टिआगो कारको विशेष सुविधा तथा अत्याधुनिक ड्राइभिङ प्रविधि र उत्कृष्ट फ्युल क्षमताले ग्राहकहरु लाई नयाँपनको अनुभूति दिने विश्वास व्यक्त गरे । उत्कृष्ट पर्फमेन्स र ड्राइभिङ्गङ डाइनामिक जस्ता विशेषताले कारलाई झनै पूर्णता प्रदान गरेको उनको भनाइ थियो । कारका सुरक्षित विशेषता अन्तर्गत फ्रन्ट एयरब्याग, नवौं जेनेरेसनको अत्याधुनिक एबीएस र इबिडी कर्नर स्टेबिलिटी कन्ट्रोल, इन्फोटेनमेन्टमा डिस्प्लेसहित रियर पार्किङ सेन्सर, अत्यधिक सुरक्षाको लागि इनर्जी अबजर्भिङ बडी बनावट पर्ने पनि गिरीले सुनाए । १.२ लि. पेट्रोल रिभर्टनमा २३.८४ कि.मि.÷लि. को उत्कृष्ट फ्युल क्षमतासहित आफ्नो वर्गमा सर्वोकृष्ट फ्युल प्रदान गर्ने कार साबित भएको खतिवडाको भनाइ थियो । ‘मनोरञ्जनको दुनियाँमा कनेक्ट हुने ग्राकहरुको चाहनालाई मध्यनजर राख्दै टाटा टिआगोलाई हर्मन प्रविधिमा निर्माण गरिएको इन्फोटेनमेन्ट सिस्टमले सुसज्जित गरिएको छ’ उनले भने,‘कारमा पहिलोपटक टर्न बाई टर्न नेभी एप र जुककार एपको समेत प्रयोग गरिएको छ ।ु कारमा टाटा मोटसर््ले ४ वर्षको वारेन्टी वा ७५ हजार किमी (जुन पहिला आउँछ त्यही) प्रदान गर्ने घोषणा गरेको छ ।




Post a Comment

 
Top