0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडानं २६ सेदीबगरमा रहेको बाल कल्याण संस्थाको १६ औं बार्षिक साधारणसभा तथा सामाजिक लेखा परीक्षण सम्पन्न भएको छ । कार्यक्रममा बालबालिकाको क्षेत्रमा पत्रकारिता मार्फत योगदान पु¥याएको भन्दै पोखराका पत्रकारहरु घनश्याम पाण्डेय, नारायण शाही, माधब पनेरु, रञ्जन अधिकारी, प्रकाश ढकाल र गणेश श्रेष्ठ सम्मानित भएका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि महिला तथा बालबालिका कार्यालयकी प्रमुख लक्ष्मी जिसीले सम्मान गरेकी हुन् । पत्रकारहरु शाही, अधिकारी र ढकाल आदर्श समाज दैनिकका संवाददाता हुन् । यसैबीच, संस्थामा उत्कृष्ट कार्य गरेको भन्दै संस्थाका प्रबन्ध निर्देशक विजयकुमार प्रधानलाई समेत बाल कल्याण संस्थाको सञ्चालक समितिले सम्मान गरेको छ । संस्थाको आर्थिक अनुगमनका लागि बिशेष योगदान पु¥याएकोमा स्वयंसेवीहरु पिटर भेकर रेन्च्स र बार्बरा रेन्च्सलाई बिशेष सम्मान गरेको छ ।  संस्थाका सचिव माधव पनेरुले संस्थाको आर्थिक बर्ष ०७२÷०७३ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा गैर सरकारी संस्था महासंघ कास्कीका उपाध्यक्ष पदमराज पहारीले संस्थाको सामाजिक लेखा जोखा परीक्षण सम्बन्धी प्रकाश पारेका थिए । कार्यक्रमका प्रमूख अतिथि जिसीले बाल कल्याण संस्थाले उदारणीय कार्य गरेको भन्दै आगामी दिनमा पनि यस्तै कार्य गर्दै अगाडि बढ्न सुझाब दिइन् । जिसीले कास्कीमा १४ सय बालबालिका बालगृहमा रहेको बताउँदै यहाँको सस्थाहरुको सहयोगमा सडकमा रहेका बालबालिकाहरु समेत छिट्टै उद्धार गर्ने बताइन् । बालकल्याण अधिकृत बद्री वाग्लेले बाल कल्याण संस्था आफूहरुले निर्धारण गरेको सुचकाङ्कको ग्रेड ए मा रहेको बताउँदै आगामी दिनमा अझै राम्रो गर्नुपर्नेमा जोड दिए । बालगृह महासंघका द्वितीय उपाध्यक्ष एवं पोखरा उद्योग वाणिज्य संघकी कार्यकारिणी सदस्य गोमा ढकालले राज्यले गर्नुपर्ने काम बालगृहरुले गरेको बताइन् । जिल्ला प्रहरी कार्यलय कास्कीका महिला तथा बालबालिका शाखाका गिता रानाभाट, पत्रकार घनश्याम पाण्डे, रविराज बसौला लगायतले शुभकामना मन्तव्य दिएका थिए । संस्थाका अध्यक्ष डम्बरबहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष इन्दिरा बरालले स्वागत मन्तव्य र माधव पनेरुले कार्यक्रम सञ्चालन गरेका थिए । बाल कल्याण संस्थाले  १७ वटा जिल्लाका अभिभावकबिहिन र अति जोखिममा परेका ४ देखि १८ बर्ष उमेर समूहका ३२ बालबालिकाहरुको आवासीय सहित संरक्षण एवं उनीहरुलाई उत्कृष्ट अंग्रेजी विद्यालय, नर्सिङ र टेक्निकल कलेजहरुमा अध्ययनको व्यवस्था गरेको छ ।



Post a Comment

 
Top