0
गोल्डेन न्यूज संवाददाता
बाघमारा बचत तथा ऋण सहकारी संस्था लि.ले पत्रकार विजय नेपाल र राजन उपाध्यायलाई सम्मान गरेको छ । पत्रकारितामा क्षेत्रमा रहेर संस्थाको विकास र प्रगतिमा गरेको योगदानको कदर गर्दै संस्थाले चौथो वार्षिक साधारणसभा अवसरमा शनिबार उनीहरुलाई नगदसहित सम्मान गरेको हो । प्रमुख अतिथि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका वरिष्ठ प्रशिक्षक बालकृष्ण सुवेदी, विशेष अतिथि लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, नेपाल राष्ट्रबैंक पोखराका लघुवित्त डेपुयुटी डाइरेक्टर वृहस्पति अधिकारी, संस्थाका अध्यक्ष डिल्लीराम बरालले पत्रकार नेपाल र उपाध्यायलाई दोसल्ला ओढाएर नगदसहित सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।सम्मानित पत्रकार नेपाल राजधानी र आदर्श समाज दैनिकमा कार्यरत छन् भने पत्रकार उपाध्याय रेडियो बाराहीमा कार्यरत् छन् । सहकारीले विभिन्न व्यक्तित्व, कर्मचारी र शेयर सदस्यका छोरा–छोरीलाई पनि सम्मान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि बालकृष्ण सुवेदीले सहकारीमा झण्डा र डण्डा हुनुहुँदैन भने । उनले बाघमारा सहकारीको गतिविधिको प्रशंसा गर्दै सेयर आधारमा नभै कारोबार आधारमा बोनस बाँडिनुपर्ने बताए । लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष त्रिपाठीले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने भन्दै करको दायरा घटाउनुपर्ने बताए । राष्ट्रबैंकका डेप्युटी डाइरेक्टर अधिकारीले संस्थागत सुशासनमा विशेष ध्यान दिनुपर्ने बताए ।  उनले लगानीलाई उत्पादनमूलक बनाउनुपर्ने बताए ।संस्थाका अध्यक्ष डिल्लीराम बरालले सहकारीको सही मूल्यांकन हुनुपर्ने जोड दिए ।
 
कार्यक्रममा नेकपा माओवादी केन्द्र लेखनाथ १७ का गाउँ कमिटी अध्यक्ष मदनप्रसाद अधिकारी, कांग्रेस गाउँ इकाइ उपसभापति रामचन्द्र आचार्य, एमाले कमिटी अध्यक्ष धनेश्वर अधिकारी, नयाँशक्ति पार्टीका जिल्ला संयोजक किरण थापा, रेडक्रस सोसाइटी भरतपोखरी उपशाखा सभापति यज्ञप्रसाद अधिकारी, सरस्वती टीका स्कुल व्यवस्थापन समिति अध्यक्ष ऋषिराज आचार्य, सरस्वती टीका बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष टुकराज भण्डारी, समाजसेवी विश्वेश्वर हरामी, संस्थाका सल्लाहकार केशवप्रसाद आचार्य सुरक्षा सहकारीका सचिव यज्ञप्रसाद आचार्य, लेखनाथ १७ वडा प्रमुख अम्बिका पौडेलले पनि बोलेका थिए ।
 
साधारणसभाले संस्थाक अध्यक्ष डिल्लीराम बरालले प्रस्तुत गरेको संंचालक समितिको वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिका शमशेरबहादुर नेपालीले प्रस्तुत गरेको लेखा समिति, कोषाध्यक्ष महेन्द्रराज अधिकारीको कोषाध्यक्ष प्रतिवेदन तथा व्यवस्थापक प्रबन्धक जगन्नाथ लामिछानेको प्रतिवेदन सर्वसम्मत पारित गरेको  छ । कार्यक्रममा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रम सचिव नन्दलाल काफ्लेले संचालन गरेका थिए भने स्वागत शिक्षा उपसमिति संयोजक प्रकाश अधिकारीले स्वागत तथा सहकारीका ७ सिद्धान्त वाचन शिक्षा उपसमिति सदस्य अर्जुन अधिकारीले गरेका थिए । लेखनाथ १७, भगवतीचौतारास्थित उक्त सहकारीमा ६ सय ६५ सेयर सदस्य छन् । यसैबीच, सहकारीले साधारणसभा अवसरमा शनिबार बिहान आयोजना गरेको रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् । रेडक्रस सोसाइटी कास्कीका सभापति बामदेव ढुंगानाले उद्घाटन गरेको कार्यक्रममा कांग्रेस महाधिवेसन प्रतिनिधि केशरप्रसाद निर्दोषी, संस्थाका अध्यक्ष डिल्लीराम बराल लगायतले बोलेका थिए । 

Post a Comment

 
Top