0
गोल्डेन न्यूज संवाददाता
दिदीबहिनी बचाउ कास्कीको शनिबार सम्पन्न चौँथो अबिधेशन तथा १२औँ साधरणसभाले विजयालक्ष्मी कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा  कृष्ण कुमारी पहारी,  सचिव दुर्गा ढकाल, कोषाध्यक्ष निमा गुरुङ, सह–सचिव आशा गौतम रहेका छन् भने सदस्यहरुमा डा. माया लामा, अनिला श्रेष्ठ, देवकुमारी हिराचन र बिजयाकुमारी आचार्य चयन भएा छन् । यसअघि साधारणसभाको उद्घाटन गर्दे कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीले संस्थाले गरेको काम अत्यन्तै उल्लेखनीय रहेको भन्दै प्रशंसा गरे । बाल अधिकार श्रोत व्यक्ति बद्रीप्रसाद वाग्लेले कास्कीमा कार्यरत सम्पूर्ण बालगृहमध्ये दिदी बहिनी बचाउ कास्की उत्कृष्ट रहेको बताए ।
 
जिल्ला जनस्वास्थ्य कार्यालयका तिनिधित्व बसन्तनाथ भट्टराईले बालबालिकाको क्षेत्रमा संस्थाले गरेका कामको प्रशंसा गरे । सो अवसरमा बोल्दै गैरसरकारी महासंघ कास्कीका उपाध्यक्ष पदमराज पहारीले संस्थाको कार्य अत्यन्त उपलब्धिपूर्ण रहेको बताउँदै सुशासनको पाटोमा ध्यान दिन आग्रह गरे।  संस्थाबाट पुनःस्थापित सरिता कँुंवरले आफूलाई संस्थाले गरेको योगदानप्रति धन्यवाद व्यक्त गरिन । संस्थाको कार्यकारी अध्यक्ष बिजयालक्ष्मी कोइरालाको अध्यक्षतामा सम्पन्न  कायक्रममा संस्थाको बार्षिक प्रतिवेदन संस्थाका सचिव दुर्गा ढकालले गरेका थिइन भने आर्थिक प्रतिवेदन २०७२÷०७३ तथा प्रस्तावित बजेट २०७३÷०७४ संस्थाको कोषाध्यक्ष मधु बरालले प्रस्तुत गरेकी थिइन । संस्थामा आश्रित बालिकाहरुले नृत्य तथा सन्देशमूलक नाटक प्रस्तुत गरेका थिए भने उनीहरुले तयार पारिएको पेन्टिङ तथा बहिनी तालिम केन्द्रबाट तयार पारिएको सल, ब्याग, सुर्के थैली लगायत पनि प्रदर्शन गरिएको थियो ।

Post a Comment

 
Top