0
रिजनल हस्पिटलले शुभारम्भको अवसरमा शनिवार पोखरामा आयोजना गरेको हाड जोर्नी तथा नशा रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ८१ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर दिवस कटुवाल क्षेत्री, डाक्टर दिनेश कुमार बिक,बरिष्ठ रेडियोलोजिष्ट डाक्टर आनन्द बहादुर श्रेष्ठ, स्वास्थ्य कर्मीहरु मेट्रोन प्रमिला श्रेष्ठ, शोनी श्रेष्ठ, हिरा आले र सूर्य बहादुर राना लगायतले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा ५० जना बिरामीको ल्याव परीक्षण, १० जना बिरामीको भिडियो एक्सरे र ४० जना बिरामीको एक्सरे गरिएको अस्पतालका सञ्चालक जितेन्द्र पौडेलले जानकारी दिए । पोखराको जिरो किलोमिटरमा भर्खरै सञ्चालनमा आएको अस्पतालले शुभारम्भको अवसरमा बिगत केहि हप्तादेखि बिभिन्न रोग सँग सम्बन्धित निःशुल्क स्वास्थ्य सिबिर गर्दै आएको छ ।  आगामी हप्ता पनि निःशुल्क स्वास्थ्य शिबिर जारी रहने अस्पतालका अध्यक्ष जगत खड्काले जानकारी दिए । अत्याधुनिक सुविधा सहित पोखराको जिरो किलो मिटरमा संचालनमा आएको रिजनल अस्पतालमा २४ सै घण्टा विशेषज्ञ सेवा प्रदान हँुदै आएको छ । आइसियु सहित २५ बेड क्षमता रहेको हस्पिटलले २४ सै घण्टा आकस्मिक सेवा, अत्याधुनिक प्रयोगशाला, एक्स रे, भिडियो एक्स रे, मुटुको भिडियो एक्स रे, इसिजी लगायत ओपिडि सेवाहरु शुरु गरेको हस्पिटलका व्यस्थापक अर्जुन शर्माले जानकारी दिए ।


Post a Comment

 
Top