0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीको आयोजनामा शुक्रबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कोमागाने पार्क लेकसाइडमा भएको वृक्षारोपण कार्यक्रममा कपुर, रुद्राक्ष, वेल, चाँप, लप्सि लगायतका ६० विरुवा रोपिएको थियो । लायन्स डिस्टिूक टिू प्लानटेशन कमिटिका चिफ कोर्डिनेटर मदन द्धा को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उनले लायन्स क्लवले हरेक वर्ष जुलाई र अगष्ट महिनामा नियमित रुपमा वृक्षारोपण गर्दै आएको बताए । लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीले वृक्षरोपण कार्यक्रम गरेको वातावरण संरक्षणमा योगदान दिएको भन्दै प्रशंसा गरे । यो वर्ष मात्र पोखरामा रहेका विभिन्न  लायन्स क्लवले ६ हजार भन्दा बढी नयाँ विरुवा रोपेको उनको भनाइ थियो ।  लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष सन्तोष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा कार्यक्रममा केद्धारेश्वर मन्दिरका पिठाधिश डा.लेखनाथ आर्चाय, लायन्स क्लव अफ पोखरा सिर्जना चौतारीका रिजन चियर पर्सन बालकृष्ण बराल, जोन चियर पर्सन खोब बहादुर बराल, लायन्स क्लव अफ पोखरा फेवा वेगनासका प्रथम उपाध्यक्ष पुरुषोत्तम भण्डारी, सचिव विधान गौतम, पोखरा लर्नस एकेडेमीका शिक्षक कृष्ण शर्मा लगायतले बोलेका थिए । कार्यक्रमलाई पोखरा लर्नस एकेडेमीले विशेष सहयोग गरेको थियो । वृक्षरोपण कार्यक्रममा एकेडेमीका विद्यार्थी र लायन्सकर्मी गरी झण्डै ८० जनाको सहभागीता रहेको थियो । सारिएका केही विरुवामा टिू गार्ड समेत राखिएको थियो । लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष सन्तोष घिमिरेले रोपिएका विरुवाको हेरचाह क्लवले गर्ने जनाएको छन् ।

Post a Comment

 
Top