0
लेखनाथ नगरपालिकाको खरानीफाँटबाट पृथ्वी राजमार्गतर्फ आइरहेको ग१क २४०२ नं.को टिपरले शुक्रबार बिहान १० बजेतिर लेखनाथको बूढीबजारमा एक स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक विजय गुरुङको मृत्यु भएको छ । सोही दिशाबाट आइरहेको ग११प ५७३१ नंको स्कुटरलाई उछिन्न खोज्दा टिपरले ठक्कर दिएको र सख्त घाइते स्कुटर चालक लेखनाथ नगरपालिका(१३ राजाको चौतारा निवासी गुरुङको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता गजुसिद्धी बज्राचार्यले जानकारी दिएका छन् । प्रहरीले टिपर चालक प्रेमकुमार सुनारलाई आवश्यक कारबाहीको नियन्त्रणमा लिएको छ ।










Post a Comment

 
Top