0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. ९ शान्ति दर्शन महिला समुहको आयोजनामा शुक्रबार गरेको पत्रकार सम्मेलनमा सार्वजनिक जग्गा व्यक्तिले मिच्ने गरेको तर सरकारी निकाय वेखवर रहेको भन्दै सार्वजनिक क्षेत्रका जग्गा तुरुन्तै संरक्षण गर्न सरोकार निकायको ध्यानाकर्षण गराएका छन् । सो अवसरमा महिला अधिकार मञ्च नेपालकी केन्द्रिय सदस्य राधा गौतमले महिला समुहले सार्वजनिक जग्गा खोजेर संरक्षण गर्न खोज्दा नगरपालिकाले सहयोग नगरेकोमा आश्चर्यमा परेको वताउँदै मञ्चले सत्य तथ्य पत्ता लगाएर छाड्ने वताईन्। सो अवसरमा क्षेत्री समाज नेपालका संस्थापक अध्यक्ष डा। दिलबहादुर क्षत्रीले पचार सय रुपैया जम्मा पारेर महिला समुहले प्रतिक्षालय वनाउन लाग्दा रातको १२ वजे पनि नगरपालिकाका कर्मचारी ड्युटिमा ह्ने तर अत्यन्त जरुरी काम लिएर अफिसमा जाँदा दिनको २ वजे पनि नहुने यो कस्तो सेवा प्रदायक संस्था हो भन्दै प्रश्न गरे । कार्यक्रममा वडा सचिव लोकदर्शन कोईरालाले आफुले वडा भित्रका सार्वजनिक जग्गाको संरक्षण हुनु पर्ने भनेर लागि पर्दा एक्लै भएको तितो अनुभव सुनाए । पोखरा उपमहानगरपालिका नगर समन्वय समितिका प्रथम उपाध्यक्ष उत्तम जोशीले कानुन सबैलाई बराबर हुनुपर्ने हो तर सक्नेले जे गरे पनि भएको छ नसक्नेलाई सास्ती भएको छ भन्दै सार्वजनिक जग्गा अतिक्रमित हुनु भन्दा महिला समुहले प्रतिक्षालय वनाएर संरक्षण गर्न लाग्नु उपयुक्त भएको वताए । शान्तिदर्शन महिला समुह आफ्नो टोल क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा संरक्षण गरिनु पर्दछ र सार्वजनिक जग्गा कहिँ कतै कुनै व्यक्तिले मिच्न हुँदैन र सार्वजनिक जग्गाको पहिचान गरी संरक्षण गर्ने काम नगरपालिकाले गर्नुपर्ने शान्ति दर्शन महिला समुहकी अध्यक्ष दिलमाया गुरुङले वताईन् । कार्यक्रममा वडा नागरिक मञ्च पोखरा ९ का अध्यक्ष लेखुराम खती, महिला समन्वय समितिकी पवित्रा गुरुङ, पत्रकार अमृत सुवेदीलगाएतले आफ्ना जिज्ञासा राखेका थिए । सो अवसरमा वितरण गरिएको प्रेस विज्ञप्तीमा प्रतिक्षालय निर्माण स्थल रहेको सार्वजनिक जग्गाको केही क्षेत्रफल गौमाया गुरुङले अतिक्रमण गरेर कम्पाउण्ड गरेको र महिला समुहद्धारा उतm अतिक्रमित जग्गा सार्वजनिक नै हुनुपर्दछ भनि आवाज उठाउदै आइरहेको अवस्था हुँदा उतm गरेको जग्गा बचाउनको लागि निज गौमायाले शान्तिदर्शन महिला समुह बिरुद्ध मुध्दा गरेको अवस्था छ भनिएको छ। साथै सार्वजनिक जग्गाहरुमा युगौंदेखि नेपाली समाज र संस्कृति बन्दै आएको प्रतिक्षालय, सत्तल र पार्टीपौवा निर्माण र संरक्षण, संस्कृतिलाई आत्मासात गरी नयाँवजार ९ स्थित शिद्धमार्गको पश्चिमतर्फ रहेको सार्वजनिक खाली जग्गामा सार्वजनिक उपयोगका लागि प्रतिक्षालय निर्माणमा लाग्यांै । आमाहरुले खाई नखाई जम्मा गरेको व्यतिmगत तथा बिभिन्न सहयोगी व्यतिmत्वहरुसंग हात थापी जम्मा गरेको रकमले बनाएको प्रतिक्षालय ढलान गर्ने अवस्थामा अवरोध गरियो । हामी आमाहरुलाई मानमर्दन समेत गरियो । त्यति मात्र नभै सार्वजनिक उपयोगका लागि निर्माण गरिंंदै गरेको प्रतिक्षालय निर्माण रोक्न हामी विरुद्ध अदालतमा मुद्धा समेत दिइएको अवस्था रहेको व्यहोरा पनि यहाँहरुलाई सादर जानकारी गराउन चाहान्छौं विज्ञप्तीमा भनिएको छ। समु्हकी अध्यक्ष दिलमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सितल गुरुङले गरेकी थिईन ।

Post a Comment

 
Top