0
गोल्डेन न्यूज संवाददाता
जिल्ला प्रशासन कार्यालय कास्कीका संयोजकत्वमा हेमजामा भएको बजार अनुगमन पनि मूल्य सूचि नभएको, नापतौल सामग्री नविकरण नभएको र म्याद गुज्रेका सामान भेटिएका छन् । अनुगमनका क्रममा हेमजाको मिलनचोकमा रहेका किनारा पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा पसलहरुमा मूल्य सूची नभएको, कतिपय पसलमा म्याद गुज्रेका सामाग्रीहरु, व्यवसाय दर्ता नवीकरण नगरेको, नापतौल सामाग्री चुस्त–दुरुस्त नभएको, विक्री विल नभएको लगायत भेटिएको जिल्ला प्रशास कार्यालयका अधिकृत सुरेशचन्द्र कोइरालाले जानकारी दिए । टोलीले हाम्रो हेमजा सपिङ्ग सेण्टर, कस्केली किराना, सौरभ स्टोर्स (किराना), न्यू अधिकारी ट्रेडर्स, हेमजामा अनुगमन गरेको थियो । अनुगमन टोलीले तत्कालै म्याद गुज्रेका सामाग्री नष्ट गरेर, पसल सञ्चालकहरुलाई मुल्य सुची अनिवार्य राख्न, दर्ता नवीकरण गर्न, नापतौल सामाग्री चुस्त दुरुस्त राख्नका लागि निर्देशन दिए उनले जानकारी दिए । सुरेशचन्द्र कोइरालाको संयोजकत्वमा, जिल्ला प्रशासन कार्यालयकै रामेश्वर कोइराला, घरेलु तथा सानो उद्योग कार्यालय कास्कीबाट बाबुराम गिरी, गुणस्तर तथा नापतौल विभाग बाट रघुनाथ पौडेल, वडा प्रहरी कार्यालय वगरबाट रमेश कार्की र उपभोक्ता मञ्च कास्कीका सह सचिव मिलन प्रसाद तिवारी सहितको संयुक्त टोलीले अनुगमन गरेको हो ।
कुन–कुन पसलमा के–के ?
हाम्रो हेमजा सपिङ्ग सेण्टर, हेमजा ः मूल्य सूचि नभएको, नापतौल समाग्री नविरकण नभएको म्याद गुज्रेका सामान देखिएको व्यावसाय दर्ता नविकरण तथा नापतौल सम्वन्धी कागजात
(सक्कल) सहित ३ दिनभित्रमा जिल्ला प्रशासन कार्यालय, कास्कीमा उपस्थित हुने, मूल्यसूची राख्ने, सामग्रीमा लेवल राख्न केक ५० ग्रामको ५० वटा, वैशव गरम मसला ५० ग्रामको ४ पोका, झिलिङ्गा १ पोका, पाइनपल स्लाइस ४५० ग्राम २ क्यान, बेसार सानो २ पोका, सागर मसला ५० ग्रामको ८ पोका, बौद्धनाथ घ्यू ५०० एमएलको २ पोको, गुदपाक १ पोका, टिमुर गेडा १ प्याक, ढुम्री १ पोका नष्ट ।
कस्केली किराना, हेमजा
मूल्य सूचि नभएको, नापतौल समाग्री नविरकण नभएको ३ दिनभित्र मूल्य सूचि राख्ने, कागजात (सक्कल) सहित ३ दिनभित्रमा जिल्ला प्रशासन कार्यालय, कास्कीमा उपस्थित हुने मम मसला (विएमसी) ५० ग्रामको १ पोका, मिट मसला (स्पेशसल) १०० ग्रामको ११ वटा, निरमा मसला ५० ग्रामको १ पोका, वेलकम चिया १४० ग्रामको १५ पोका, कोक १.५ ली.को २ थान, पेप्सी २५० एमएलको १ थान, कोक २५० एमएलको १ थान कोक ५०० एमएलको १ थान, टुवोर्ग वीयर १ थान, सोयाविन तेल ५०० एमएल १ प्याक, मरिच पाउडर ५० ग्रामको ९ पोका, हल्दीवारी चिया २०० ग्रामको १ पोका नष्ट ।
सौरभ स्टोर्स (किराना), हेमजा
मूल्य सूचि नभएको, नापतौल समाग्री नविरकण नभएको म्याद गुज्रेका सामान देखिएका ३ दिनभित्र मूल्य सूचि राख्ने, कागजात (सक्कल) सहित ३ दिनभित्रमा जिल्ला प्रशासन कार्यालय, कास्कीमा उपस्थित हुने वदाम २ के.जी. को १ पोका, सगरमाथामसला १०० ग्रामको २० पोका, फेण्टा ५०० एमएलको ६ थान, विरेनुन ५ पोका नष्ट ।
 न्यू अधिकारी ट्रेडर्स, हेमजा
मूल्य सूचि नभएको, नापतौल समाग्री नविरकण नभएको म्याद गुज्रेका सामान देखिएका मूल्य सूचि राख्ने, उद्योग दर्ताका लागि ३ दिनभित्र घरेलु उद्योगको कार्यायमा हाजिर हुने, ३ दिनभित्र नापतौलका कार्यालयमा उपस्थित हुने । सगरमाथा आपको अचार ३८५ ग्रामको १ पोका, अनमोल डेरी घ्यू ५०० एमएलको २२ वोतल, कृष्ण केक ५० ग्रामको ३५ पोका, अनमोल छोकडा २०० ग्रामको १५ पोका, मखमोती छोकडा २०० ग्रामको १५ पोका, डिउ ६०० एमएल १७ वोतल, क्रेकर विस्कुट ३०० ग्रामको २० पोका, चाकु ३ के.जी. चुक अमिलो ५०० एमएलको १ गोटा नष्ट ।






Post a Comment

 
Top