0
गोल्डेन न्यूज संवाददाता
संम्रग्र नेपाल सहित पोखरालाई ब्राण्ड बनाउन सके पर्यटक भित्र्याउन सकिने पोखरामा आयोजना भएको एक कार्यक्रममा विज्ञको भनाई रहेको छ । पर्यटक भित्र्याउनका लागि पोखरा सहित अन्य पर्यटकीय केन्द«लाई अन्तर्राष्ट्रियस्तरमा ब्राण्डको आवश्यकताको रहेको सहभागीको भनाई रहेको छ । अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका पर्यटन विभागका प्राध्यापक बृजेश थापाले पोखरालाई ‘अद्भूत गन्तव्य’ को रुपमा विकास गर्नुपर्ने सुझाए । पोखरा पर्यटन परिषद् (पिटिसी)ले आयोजना गरेको छलफलमा थापाले पोखराको ‘ब्राण्ड’ एकदिन वा एकरातमा नबन्ने बताए । पोखराको पर्यटन प्रवद्र्धन गर्नका लागि अनुसन्धानको जरुरी रहेको उनले बताए । ‘पर्यटकको रुची, चाहनाबारे अहिलेसम्म कतैपनि अनुसन्धान भएको छैन । हामीले उनीहरुको चाहना बुझ्न सक्नुपर्छ,’ उनले भने, पोखरालाई विश्व पर्यटनमाझ चिनाउन प्रचारप्रसारमा जोड दिनुपर्ने थापाको सुझाव छ । ब्यवसायीहरुले पोखरा आउने पर्यटक शुल्ककै कारण पर्यटकको आगमन कमी भएको भन्दै आयका छन तर पोखराको ‘ब्रान्डिङ’ गर्ने हो भने शुल्क लगाउन सहभागीले सुझाव दिएका छन् । प्रा.डा ब्रिजेश थापाले पोखराका पर्यटकीय स्थानमा शुल्क लगाउन र उक्त शुल्क पर्यटन प्रवद्र्धनमै खर्च गर्न सुझाव दिए । उनले भने,‘काठमाडौं मात्रै हैन विश्वका पर्यटकीय क्षेत्रमा शुल्क उठाइन्छ, तर त्यो शुल्क पर्यटनकै प्रवद्र्धनमा खर्चिनुपर्छ । शुल्क लिदैमा पर्यटक आगमनमा कमी नहुने समेत वताउनु भयो । उनले ठाउँ नै पिच्छे शुल्क भने लगाउन नुहने बताए । एक ठाउँमा मात्रै शुल्क लगाउनु पर्ने र पर्यटन क्षेत्रको विकासमा लगाउनु पर्ने बताए । छिमेकी मुलुक चीन र भारतको जनसंख्याको १ प्रतिशत मात्रै पर्यटक भित्र्याउन सके नेपालको पर्यटन क्षेत्र उकासिने उनले सुनाए । हाल नेपालमा बार्षिक तिन लाख पर्यटक आउने गरेका छन् । प्रविधिको प्रयोगले पर्यटन व्यवसायलाई सहज बनाएको अनुभव सुनाउँदै अब एप्सको प्रयोग र क्रेडिट कार्डबाट भुक्तानी गर्नसक्ने व्यवस्था मिलाउन जरुरी रहेको बताए । उनले व्यवसायीले फेसबुक, ट्विटर र समाचार मुलक अनलाइनबाट सूचना प्रवाह गर्न अलग्गै व्यक्तिलाई जिम्मा दिनुपर्ने बताए ।
उनले भने,‘फेसबुक, ट्विटर र ट्रि एडभाइजर हेरेर त्यहाँ ‘मेन्सन’ गरिएको नकारात्मक सन्देशको रेस्पोन्स गर्नु जरुरी छ ।’ परिषद्का सल्लाहकार गणेशबहादुर भट्टराइ पोखरालाई पर्यटनको गतिलो ब्राण्ड बनाउन नसक्नुमा सरकारी कमजोरी रहेको बताउँछन् । पोखरालाई विदेशी पर्यटकमाझ ब्राण्ड बनाउन सरकारी असहयोगले सकेका छैनौं’ उनले भने । परिषद्का अध्यक्ष सोमबहादुर थापाले पोखराको पर्यटन क्षेत्रले गतिलो ब्राण्ड पाउन नसकेको बताए ।






Post a Comment

 
Top