0
नेपाल आयल निगमको गगनगौंडा डिपोमा कार्यालय प्रमुखका रुपमा नवविनोद पोखरेल सरुवा भएर आएका छन् । पोखरेल नेपाल आयल निगमको क्षेत्रीय कार्यालय विराटनगरबाट सरुवा भएर आएका हुन् । डिपोमा यसअघि कार्यरत कार्यालय प्रमुख मनोज ठाकुर भने निगमको केन्द्रीय वितरण विभागमा सरुवा भएका छन् । ठाकुर पेट्रोलियम पदार्थको चरम अभाव भएका बेला गगनगौंडा डिपोमा रहेर काम गरेका थिए । यसैबीच गण्डकी–धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएशनले नयाँ कार्यालय प्रमुख पोखरेलको स्वागत र ठाकुरलाई एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ । कार्यक्रममा बोल्दै ठाकुरले विगतमा पेट्रोलियम पदार्थको चरम अभावका बेला स्थानीय प्रशासन, डिलर्स एशोसिएशन, उपभोक्ता र संचारमाध्यमले आफूलाई ठूलो सहयोग गरेको बताए । ठाकुरले व्यवसायीहरुको एकताले आफ्नो दुई बर्षको समय सहज ढंगले बितेको बताए । यसैगरी नवआगन्तुक कार्यालय प्रमुख पोखरेलले आफू यस क्षेत्रका लागि नयाँ भए पनि विगतका डिपो प्रमुखहरुले जस्तै सहयोग पाउने विश्वास व्यक्त गरेका थिए ।  गण्डकी–धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष शुशिल गौचनको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार रुद्र घले, गण्डकी ट्यांकर संघका निर्वतमान अध्यक्ष सुरेन्द्ररमण पराजुली, व्यवसायी बाबुराम जमरकट्टेल, एशोसिएशनका निर्वतमान अध्यक्ष जगत बराल लगायतले पेट्रोलियम क्षेत्रको समस्याका बारेमा बोलेका थिए ।

Post a Comment

 
Top