0
गोल्डेन न्यूज संवाददाता
नेपाल महिला संघको ६९ औ स्थापना दिवसको अवसरमा पोखरामा सोमबार अन्तरक्रिया कार्यक्रम गरिएको छ। नेपाल महिला संघ क्षेत्र नं ३ कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले अबको युग महिलाको युग भएको  भन्दै उत्साहित हुन आग्रह गरे।       कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सचिव रामराज लामिछानेले नयाँ संविधानले महिलाहरुलाई धेरै अवसर दिएको भन्दै हिनताबोध नगर्न आग्रह गरे। नेपाली कांग्रेस क्षेत्र नं ३ का सभापति विजयराज आचार्यले हरेक आन्दोलनमा महिलाले निर्वाह गरेको भूमिकालाई बिर्सन नसकिने बताए। महाधिवेशन प्रतिनिधि केशर निर्दाेषीले महिला संघले महिला सशक्तिकरणका लागि महत्वपूर्ण भूमिका खेलेको बताए। अर्का महाधिवेशन प्रतिनिधि वीरेन्द्रनारायण बिजुक्छेले महिला कमजोर नरहेकोभन्दै हिम्मतका साथ अघि बढ्न आग्रह गरे। नेपाली कांग्रेस कास्कीका सदस्य नवीन सिग्देलले अव हुने निर्वाचनमा भिड्नका लागि महिलाहरु अघि सर्नुपर्ने आवश्यकता औल्याए। कार्यक्रममा जिल्ला सदस्यहरु रंगिला आचार्य, नम्रता बराल, नेपाली कांग्रेस क्षेत्र नं ३ कास्कीका सचिव दिपेन्द्र मर्सानी, सदस्य मुना बाँस्तोला, नेपाल महिला संघ कास्कीकी उपसभापति अनिता तिमिल्सिना, सचिव सिता गुरुङ, कोषाध्यक्ष दिलमाया कोइराला, कांग्रेस पोखरा नगर सचिव सरोजनारायण बराल, पोखरा – ९ की सभापति उमा ठकुरी, पोखरा–८ का सभापति सुवाष सिग्देल, पोखरा–१७ का सभापति देवराज आचार्य, पोखरा–४ का सभापति गोविन्द पराजुली, नेपाल महिला संघ पोखरा–५ की सभापति लक्ष्मी कार्कीले बोलेकी थिईन्।  नेपाल महिला संघ क्षेत्र नं ३ कास्कीकी सभापति शारदा गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस नगर सहसचिव इन्दिरा थापाले स्वागत र सचिव मन्धरा ढकालले सञ्चालन गरेकी थिईन्।



Post a Comment

 
Top