0
गोल्डेन न्यूज संवाददाता
केही अघि पोखरा र हाल काठमाडौंमा प्रधान कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आ.ब.२०७२÷७३ मा १० अर्व ३६ करोड निक्षेप संकलन, ९ अर्ब १५ करोड कर्जा प्रवाह गरि करिब ३५ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । जुन गत आ.ब.७१÷७२ आषाढ मसान्तको तुलनामा क्रमशः निक्षेपमा २ अर्ब ३५ करोड अर्थात २९.३४ प्रतिशत, कर्जामा २ अर्ब ६२ करोड अर्थात ४० प्रतिशत तथा मुनाफामा ५ करोड २४ लाख अर्थात १८ प्रतिशतले वृद्धि हो । यस त्रैमासमा यस विकास बैंकले कर्जा अशुली कार्य निकै तदारुकताका साथ सम्पन्न गरेकोले बैंकको निष्कृय कर्जा अनुपात ०.५४ प्रतिशत कायम गर्न सफल भएको  बताइएको छ । बैंकको कर्जा निक्षेप अनुपात (नेराबैक अनुसार) ७८.२५ प्रतिशत तथा प्रति शेयर आम्दानी अनुपात २२.४१ रहेको प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए । बैंकले हालै मात्र ४ः१ का दरले हकप्रद शेयर निष्काशन गरि सर्वसाधारणको हकप्रद शेयर बांँडफांँड गरिसकेको छ भने संस्थापक समूहतर्फको बांँकी करिब ९ लाख ६७ हजार कित्ता हकप्रद शेयर लिलाम बढाबढ्बाट बिक्री गर्ने कार्य केही समयमा सम्पन्न हुने नायब कार्यकारी अधिकृत दिनेश थकालीले बताए । आ.व.२०७१÷७२ को मुनाफा बाट प्रदान गरेको २०.८५ प्रतिशत प्रतिशत बोनस शेयर वितरणको लागि यस बैंकको बिक्री प्रबन्धक एनआईबिल क्यापिटल लि. मार्फत बांँडफांँड गर्ने कार्य सम्पन्न भई सम्बन्धित सम्पूर्ण शेयरधनी महानुभावहरुलाई कर वापतको रकम जम्मा गर्ने तथा डिपी खाता खोल्न समेत आह्वान गरि सकेकोले सो कार्य सम्पन्न पश्चात बैंकको चुक्ता पूंँजी १ अर्व ७ करोड ३४ लाख ५६ हजार रुपैयाँ पुग्नेछ ।  हाल बैंकको कुल ३१ वटा शाखा संजाल तथा १२ वटा ए.टी.एम. तथा आधुनिक मोवाईल बैकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सुविधा प्रदान गर्दै आईरहेको बताइएको छ ।




Post a Comment

 
Top