0
गोल्डेन न्यूज संवाददाता
नेपाल केन्पो काई एशोसिएशन नेपालको आयोजनामा पोखरामा दोश्रो राष्ट्रिय केन्पो काई च्याम्पियनसिप २०७३ हुने भएको छ । साउन ७ र ८ गते पोखरा रगंशालामा प्रतियोगिता संचालन हुने प्रतियोगिताको तयारी तीव्र पारिएको नेपाल केन्पो काई एशोसिएसनका अध्यक्ष दिलिप विक्रम शाहीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटीका महासचिव एवं राखेप उपाध्यक्ष लामा टेण्डी शेर्पाले उद्घाटन गर्ने बताइएको छ । पोखरा रगंशालामा आयोजना हुने प्रतियोगितामा पुरुष १०, १२, १४, १६ र २० वर्षमुनि उमेर समूहमा र महिला तर्फ १२, १४ वर्ष मुनिको उमेर समूह र खुल्ला पुरुष तथा महिला खुल्ला उमेर समूहमा प्रतिस्पर्धा गराइने प्रतियोगिता संयोजक भुपालसिंह गुरुङले जानकारी दिए । दुई दिने प्रतियोगितामा पाँच विकास क्षेत्रका करिवव ४ सय खेलाडीले प्रतिस्पर्धा  गर्ने संयोजक गुरुङले बताए । प्रतियोगितामा प्रत्येक उमेर समूहमा प्रथम, द्वितीय, तृतीय र चौथौलाई मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न करिव ५ लाख ४८ हजार खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । नयाँ खेलाडी उत्पादन गदै केन्पो काइ खेलको प्रचार–प्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । पोखरामा आन्तरीक पर्यटन प्रवद्र्धनसंगै खेलकुद शहरका रुपमा स्थापित गराउने अभियानमा सहयोग पुर्याउन प्रतियोगिता पोखरामा गर्न लागेको अध्यक्ष दिलिपविक्रम शाहीले बताए ।









Post a Comment

 
Top