0
गोल्डेन न्यूज संवाददाता
नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बाँस्तोलाले बर्तमान राज्य ब्यवस्थाको अन्त्य नभएसम्म सुकुम्वासीको समस्या समाधान नहुने बताएका छन । पोखरामा अखिल नेपाल क्रान्तिकारी सकुम्वासी संघ, कास्कीले शुकुम्वासी माथि राज्यको दमन समस्या र समाधान बिषयक अन्तरकृया कार्यक्रममा उनले सो कुरा बताएका हुन । पात्र विशेका कारण सुकुम्वासी माथि दमन भएको भन्दा पनि बर्तमान संबिधानले नै सुकुम्वासी माथि दमन गर भनेकोले अहिलेको घटना आएको उनको भनाई छ । हामी सुकुम्वासीलाई अधिकार दिएर सधैंका लागि अन्त्य गर्ने पक्षमा छांै भने राज्य अधिकार बिना नै सुकुम्वासीको अन्त्य गर्न चाहन्छ, त्यसैले तरिका लगत भएका कारण अहिलेको राज्य संग आफूहरुको टकराव भएको बाँस्तोलाको भनाई थियो । ब्यवस्था परिवर्तन भएर मात्र अधिकार स्थापित हुने उनले जोड दिए । अहिलेको अबस्थामा सरकारले कम्तिमा तीन मिटरमा भएपनि लालपूर्जा दिएर सुकुम्वासीको समस्या हल गर्न सक्ने भएपनि त्यसको बिपरित सुकुम्वासी बस्तीमा गोली चलाएर तानाशाही सक्ताको झझल्को दिएको उनले आरोप लगाए । कार्यक्रममा नेकपा माओवादी निकट जनपरिषद कास्कीका संयोजक जगन तिवारीले अब सुकुम्वासी तथा देश बेच्ने दलालहरु लाई आफुहरुले नछोड्ने बताए । यदि सहज ढंगबाट समस्याको समाधान नभए अन्य तरिकाले पनि शुकुम्वासी माथि भएको अत्याचारको बिरुद्धमा लड्ने उनको भनाई छ । सुकुम्वासी सधंै टहरो बनाएर बस्न पर्छ भन्ने पक्षमा आफू पनि नरहेको भन्दै उनले बर्षोंसम्म बसिरहेको छानोमा एक्कासी हुकुमी शैलीमा डोजर चलाएर मानव अधिकारको समेत हनन भएकोले शशक्त आन्दोलन स्वरुप साउन १० गते नेपाल बन्दको आयोजना गरिएको उनको भनाई थियो । नेकपा माओवादी तमुवान सेक्रेटरी साबित्रा दुराले देश भरिको सुुकुम्वासीको समस्या एउटै भएकोले सर्लाहीको घटनाको मिलेर बिरोध गर्न र प्रतिरोधमा उत्रन आह्वान गरीन । जवसम्म राजनीतिक पार्टीहरु सुकुम्वासीको पक्षमा रहन्छन तबसम्म मात्र देशभरका सुकुम्वासीको बासको ग्यारेन्टी हुने भएकाले यो आन्दोलनमा राजनीतिक भन्दा माथि उठेर सहयोग गर्न उनले सबैलाई आग्रह गरिन । सर्लाहीमा २०५० साल देखि बसोबास गरिरहेका करिब ८ हजार सुकुम्वासी माथि धावा बोल्ने सरकारले अन्य स्थानहरुमा पनि गलत कदम चाल्न सक्ने भएकाले उक्त घटनालाई प्रतिनिधि पात्रको रुपमा लिएर अहिलेदेखि नै संघर्षमा उत्रने उनले सबैलाई आग्रह गरिन । कार्यक्रममा नेकपा माओबादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमाले निटक सुकुम्वासी संघका जिल्ला स्तरका नेताहरुको उपस्थिति रहेको थियो । उनीहरुले आफ्नो पार्टी सुकुम्वासी को पक्षमा नरम भएकाले यो आन्दोलनमा ऐक्यबद्धता जनाएको बताएका थिए ।






Post a Comment

 
Top