0
पार्किङ शुल्क विवादले पसल नै बन्द गराएर आन्दोलमा उत्रिएका पोखरा ट्रेड मलमा व्यवसायीहरुले बन्द अवधिभरको भाडा नतिर्ने चेतावनी दिएका छन् । पार्किङ शुल्क विवादले ट्रेडमलका व्यवसायीहरुले सोमबारदेखि आन्दोलन गरेका थिए । पोखरा ट्रेडमल व्यवस्थापन समूहले व्यवसायी तथा ग्राहकसंग पार्किङ शुल्क समेत अशुल्न थालेपछि व्यवसायीहरु आन्दोलित भएका हुन् । उनीहरुले पार्किङ शुल्क लिने निर्णय फिर्ता नभएसम्म आफूहरुको आन्दोलन स्थगित नहुने अडान राखेका छन् । पार्किङ शुल्क उठाउँदा मलमा आउने ग्राहक मर्कामा परेको व्यवसायीहरुको भनाइ छ । पार्किङ शुल्क नउठाउन माग गर्दै निवेदन दिँदा मल सञ्चालकहरुबाट सुनुवाइ नभएकाले बाध्य भएर व्यवसाय बन्द गरेर आन्दोलित हुनुपरेको एक व्यवसायीले बताइन् । ‘पार्किङ शुल्क लिने निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गर्छौं,’ पोखरा ट्रेड मलका व्यवसायी समितिका अध्यक्ष सुरेश नेपालीले बताए । उनले मल व्यवस्थापकहरु प्रहरी प्रशासन लगाएर आफ्नो अडान नछाड्ने पक्षमा लागेको आरोप लगाए । यसैबीच ट्रेडमल व्यवस्थापन समूहले भने व्यवसायीको आन्दोलन नाजायज भएको बताएको छ । मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै ट्रेडमल व्यवस्थापन समूहले कसैको बहकावमा नलागि निर्धक्क भएर पसल खोली व्यवसाय संचालन गर्न आग्रह गरेको छ ।

Post a Comment

 
Top