0
गोल्डेन न्यूज संवाददात
नेष्डो  नेपालको ५ दिने वार्षिक प्रगति समिक्षा तथा रणनीतिक योजना तर्जुमा गोष्ठीको पहिलो चरणको कार्यक्रम मंगलवार पोखरामा शुभारम्भ भएको छ । संस्थाका कुल ५० वटा शाखाहरु मध्ये पहिलो चरणमा २४ वटा शाखाको गोष्ठीमा सहभागिता रहेको छ । संस्थाका बाँकी २६ वटा शाखाहरुका लागि साउन ७ र ८ गतेका दिन पर्वत सदरमुकाम कुश्मामा दोश्रो चरणको समिक्षा गोष्ठी आयोजना गरिनेछ । आर्थिक वर्ष २०७२÷७३ को प्रगति समिक्षा गरी चालु आर्थिक वर्ष २०७३÷७४ को लक्ष्य निर्धारण गरी सो लक्ष्य पुरा गर्नका लागि आवश्यक रणनीति तर्जुमा गर्ने समिक्षा गोष्ठीको उद्देश्य रहेको छ । गोष्ठीमा तथ्यांकीय प्रगति समिक्षाका साथै लक्ष्य निर्धारण गर्नुका साथै नेपाल राष्ट्र वैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीति र नीतिले लघु वित्त क्षेत्रमा पार्ने प्रभावको वारेमा पनि छलफल हुने वताइएको छ । संस्थाको वचत तथा कर्जा योजना र कल्याणकारी सुविधाहरुको पुनरावलोकन गरी समसामायिक सुधार गर्ने एवम् संस्थाले स्थानीय तहमा भोगेका समस्याहरु र समस्या समाधानका उपायहरुको पहिचानमा समिक्षा केन्द्रित रहने छ । गोष्ठीको शुभारम्भ गर्दै संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले अति विपन्न परिवारसम्म पुगी लघुवित्त संस्थाहरुले चेतना, संगठन, उद्यमशिलता र आयआर्जनको माध्यमवाट गरिवी न्यूनिकरणमा टेवा पु¥याउदै आएको बताए । उनले राज्य र केन्द्रिय वैंकले लघुवित्तलाई प्रोत्साहन गर्न नसकेको आरोप लगाउँदै अस्वस्थ प्रतिस्पर्धा, दोहोरोपना र गरिव परिवारमा उच्च कर्जा भारवाट सृजित समस्याको जिम्मेवारी लघु वित्त संस्थाहरुले नै लिनुपर्नेमा जोड दिए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष सावित्री खत्री क्षेत्री, नेष्डो वित्तीय संस्थाका सञ्चालक सदस्य कमल प्रसाद शर्मा, आलेप प्रमुख वद्री मिश्र, सुचना व्यवस्थापन प्रमुख युधिष्ठिर भुषाल, प्रशासकीय अधिकृत इन्द्र खत्री क्षेत्री, मानव विकास अधिकृत इश्वरी शर्मा, शाखा प्रवन्धक रामचन्द्र गौतम र खीम कुमारी थापा लगायतले बोलेका थिए । शुभारम्भ समारोह संस्थाका मानव शंसाधन प्रमुख लक्ष्मी कुमारी मेधासीको अध्यक्षता, लघु वित्त विभागका प्रमुख विश्ववन्धु प्रसाईको स्वागत एवम् सुचना अधिकृत ओम्ना क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।




Post a Comment

 
Top