0
गोल्डेन न्यूज संवाददाता
रोटरी क्लव अफ पोखरा न्यूरोडले आफ्नो सातौं पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ । क्लवका नवनिर्वाचित अध्यक्ष टुवराज बाँस्तोला विशालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का नयाँ गभर्नर  रोटरीयन संजय गिरी रहेका थिए ।  कार्यक्रममा वोल्दै गिरीले रोटरीले विश्वभरीमा पोलियो उन्मुलनको क्षेत्रमा गहन एवं उल्लेख्य भूमिका खेलेर पोलियो उन्मुलनको क्षेत्रमा निकै धेरै सफलता हासिल गरेको बताए । उनले रोटरीले त्यस वाहेक स्वास्थ्य, शिक्षा, गरिवी न्युनिकरण, वातावरण, जोखिम न्युनिकरण, शान्ति र पुनःस्थापनाको क्षेत्रमा आफ्ना सामाजिक कार्यहरुलाई अगाडि सार्दै सेवा भाव प्रकट गर्दे आईरहेको स्पष्ट पारे । क्लवका अध्यक्ष टुवराज बाँस्तोला बिशालले आफ्नो पद तथा गोपनीयताको सपथ लिंदै स्वीकारोक्ति सहितको प्रतिवद्धता मन्तव्य तथा भावी कार्ययोजना हरुको वारेमा जानकारी गराएका थिए । उनले क्लवले समाजका लागि हितकर हुने समाजमैत्री कार्यक्रहरु वेला–वेलामा आयोजना गरी निरन्तरता दिंदै जाने बताए । क्लवले आफ्नो स्थापनकाल देखिनै अबिछिन्न रुपमा समाजमा आईपरेको सामाजिक समस्या र चुनौतिहरुको समाधानका लागि तथा स्थानीयस्तरमा नेतृत्व र व्यक्तित्व विकासका लागि बिभिन्न रचनात्मक कार्यक्रमहरु गर्दे आईरहेको उनले स्पष्ट पारे । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले समाजिक, स्वास्थ्य, शिक्षा, वातावरणको क्षेत्रमा क्लवले गरेको कार्यहरुको प्रशंसा गर्दे यस्ता महत्वपूर्ण कार्यहरुले समाजका हरेक तह र तप्कामा रहेका जनसमुदायमा सकारात्मक प्रभाव पारेको स्पष्ट पारे । कार्यक्रममा डिष्ट्रिक्टका ट्रेनर राजिव पोखरेल, एसिस्टेन्ट गभर्नर बिजया लक्ष्मी कोईराला, पूर्व अध्यक्ष दिलिपराज श्रेष्ठ, निवर्तमान अध्यक्ष समिर शेखर बज्राचार्य, उपाध्यक्ष पुष्पकमल पौडेल, पशपति शर्मा, राज कुमार गुरुङ्ग, संजिव पौडेल, बिशाल पन्थी, प्रकाश वन्जाडे, सुस्मा गौचन, सुजन रेग्मी, क्लवका सचिव ईन्द्र थापा, निशा पन्थी लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।  उक्त अवसरमा रोटरी क्लव अफ न्यूरोड पोखराका भातृ संगठनहरु दुईवटा रोट्याक्ट क्लव रोट्याक्ट क्लव अफ मनिपाल कलेज अफ मेडिकल साईन्स, फूलवारी तथा रोट्याक्ट क्लव अफ पोखरा न्यूरोडका पदाधिकारीहरु समेतको पदस्थापना गरिएको थियो । कार्यक्रममा बिभिन्न बिधाहरुमा उत्कृष्टता हासिल तथा कार्य गर्ने रोटरीयन तथा रोट्याक्टरहरुलाई सम्मान गरिएको थियो ।

Post a Comment

 
Top