0
गोल्डेन न्यूज संवाददाता
पोखराको वडा नं. ५ मालेपाटनमा मंगलबार देखि महिला सशक्तिकरणका लागि नेतृत्व विकास तथा उदघोषण सम्बन्धी त्रिदिवसीय तालिम शुरु भएको छ । मनकामना मन्दिरको सभाहल सञ्चालन भएको तालिमको उद्घाटन गर्दै पोखरा उप–महानगरपालिकाका सामाजिक महासाखाका प्रमुख ओमराज पौडेलले अहिलेको समय भनेको सृजनात्मक समय भएको बताए । उनले नेतृत्व विकास र बोल्ने कलाले मानिसलाई समाजमा छुट्र्टै पहिचान दिनुपर्नेमा जोड दिए । महिलाहरुले गरेको नेतृत्व सफल भएको भन्दै अब घर भित्र मात्रै नभएर महिला घरबाहिर पनि निस्कनुपर्ने उनले स्पष्ट पारे । टोल विकास सस्था नगर समन्वय समितिका अध्यक्ष उज्वल खत्रीले तालिमले ब्यक्तिबाट ब्यक्तित्व बनाउन सहयोग गर्ने भन्दै तिनदिनमा सहभागीहरुले धेरै कुरा सिक्नेमा आफू आशाबादी भएको बताए । वडा सचिव भगबती भण्डारीले तालिमले महिला शसक्तिकरणमा सहयोग पुग्ने बताउदै बोल्ने मात्रै नभएर प्रभावकारी तरिकाले बोल्नु अहिलेको आवश्यकता भएको बताए । कार्यक्रममा वडानं ५का वडान नागरिक मञ्चका अध्यक्ष अञ्जु केसी, वडा नं. ५ मा रहेको सुरेचन्द्र विकास समाजका अध्यक्ष बसन्त भण्डारी, बालविकास केन्द्र पोखरा ५ का उमा कोइराला, अभियान युवा क्लबका मोहन केसी, वडा समन्वय समितिका मोहन कोइराला लगायतले बोलेका थिए । वडा समन्वय आमा महिला समितिका अध्यक्ष कालिका थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सावित्रा कोइरालले गरेकी थिइन भने स्वागत उपाध्यक्ष उर्मिला पौडेलले गरेकी थिइन ।  तालिममा वडा नं. ५ का ४० जना महिलाहरुको सभागिता रहेको छ । तालिममा रेडियो गण्डकी स्टेशन म्यानेजर घनश्याम पाण्डेय र पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले तालिममा सहजीकरण गरेका थिए ।






Post a Comment

 
Top