0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं.२५ पुम्दीभुम्दीको कालावाङ घडेरीमा एशिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च
 (एशियन फोरम) को सहयोगमा गाउँका मुख्य चोक तथा बाटोहरुमा सौर्य विजुली जडान गरी गाउँलाई उज्यालो बनाइएको छ ।
विगत डेढवर्षदेखि एशियन फोरमले जेमडिआई होस्ट (घरबास) परियोजना अन्तर्गत उक्त गाउँमा विविध कृयाकलाप गर्दै आएको छ । यसैक्रममा हालै मात्र जडान गरिएको सौर्य विजुलीको पोखरा उपमहानगरपालिकाका कार्यकारी प्रमुख भीम बहादुर कुँवरले एक कार्यक्रमका बीच उद्घाटन गरे ।
कार्यक्रममा प्रमुख अतिथि कुँवले नगर विकासमा एशियन फोरमले गरेको सहयोगको सराहना उपमहानगरपालिकाको तर्फबाट पनि सक्दो सहयोग गर्ने बताए । यसैगरी पोउमनपाका प्रशासन महाशाखा प्रमुख अनन्त प्रसाद कोइरालाले होमस्टेले गाउँको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै त्यसको प्रवद्र्धनमा उपमहानगरपालिका सधैं सहयोगी रहने बताए । कार्यक्रममा होमस्टेलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ एशियन फोरमका केन्द्रीय अध्यक्ष निरज थापाले पञ्चेबाजाका सामाग्री, मादल, खैजडी, करुवा, टे« लगायत केही किताबहरु होमस्टे व्यवस्थापन समितिका अध्यक्ष राजबहादुर गुरुङ्गलाई हस्तान्तरण गरे । पञ्चेबाजा सहितको विविध सांस्कृति कार्यक्रम समेत आयोजना गरिएको कार्यक्रम सचिव याम बहादुर गुरुङ्गको संचालन, एशियन फोरम कास्कीका अध्यक्ष तिलक थापाको स्वागत र राज बहादुर गुरुङ्गको अध्यक्षतामा भएको थियो ।  कार्यक्रममा निरज थापा, प्रकाश गुरुङ्ग, प्रकाश ज्ञवाली, लाल कुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । पोखरा उपमहानगरपालिका र पर्यटन कार्यालयका पदाधिकारीहरुको टोलीले भ्यूटावर बन्न लागेको निहाल डाँडाबाट देखिने सुन्दर दृश्यहरुको दृश्यावलोकन समेत गरेका थिए ।

Post a Comment

 
Top