0
गोल्डेन न्यूज संवाददाता
निङ्गालोको गुवा अर्थात् टुसा” पोखराको चिनो बनेर सर्वत्र परिचित छ । तरकारीको रुपमा प्रयोग हुने टुसा साउन र भदौ महिनाभर अधिकांश पोखरेलीहरुको मिठो तरकारीको रुपमा प्रयोग हुने गरेको छ । पोखरावासी मात्र हैन पोखरा घुम्न आउने र यहांवाट भेटघाटका लागि घुम्न अन्यत्र जानेहरुका लागि टुसा कोसेलीको साधन वन्ने गरेको छ । पहाडी र चिसो भेगको जंगलमा पाइने टुसालाई वनजन्य सामाग्रीका रुपमा लिइएको पाइन्छ । खासगरी अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) अन्तर्गत पाइने टुसा स्वीकृती वगर ओसार पसार सञ्चय तथा कारोवार गर्न पाइन्न । यो वर्षका लागि एक्यापले टुसा ओसार पसारको टेन्डर खुलाएका छैन । टेण्डर नखुलाएसम्म टुसाको कारोवार गर्नलाई अवैध मानिन्छ । यहि गिरोहहरुले टुसाको तस्करी गर्ने गरेको पाइएको छ । एक्यापका स्थानिय तहमा रहेका संरक्षण क्षेत्र विकास समिति र त्यस भेगमा कार्यरत प्रहरीहरुको संलग्नतामा टुसाका तस्करी हुने गरेको स्थानीय वासिन्दा हरुले बताएका छन् । पछिल्लो समयमा वडा प्रहरी कार्यालय वगरले टुसा तस्करी नियन्त्रणका लागि विशेष अप्रेसन सञ्चालन गरेपछि तस्करीका नाइकेहरु पक्राउ पर्न थालेका छन् । यहि क्रममा २०७३ असार ३१ गते विहान २ बजेको समयमा पुरुञ्चौर–६ का घर भई हाल सार्दिखोला बस्ने गोविन्द पौडेलले ग१ज ५१५६ नम्वरको ट्याक्सीवाट पोखरा ल्याउँदै गर्दा मुट्ठा टुसा बगर प्रहरीले पक्राउ ग¥यो । यस्तै सोहि दिन बिहान ४ वजे सार्दिखोलाकै हितमान विकले ग१ख ५१४५ नम्वरको मिनी ट्रकमा पोखरा ल्याउँदै गरेको १८ वोरा करिब १ हजार मुट्ठा टुसा वगर प्रहरीले वरामद गरेको थियो । वरामद गरेको टुसा गाडी सहित कारोवारी लाई एक्याप कार्यालय अन्तर्गत रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सम्पर्क अधिकारी समक्ष वुझाइएकोमा असार ३१ गते वरामद  टुसाहरु लिलामी गरिएको र तस्करी कार्यमा संलग्नलाई धरौटीमा रिहाइ गरिएको कर्मचारी दण्डपाणि अधिकारीले बताए । एक्याप क्षेत्र स्वायत्त क्षेत्र मानिन्छ । पहाडी भेगका ५ जिल्ला कास्की लमजुङ, मनाङ, मुस्ताङ र म्गाग्दीका ५७ गाविस एक्याप क्षेत्र अन्तर्गत रहेको एक्यापका निर्देशक लाल प्रसाद गुरुङले बताए । एक्याप क्षेत्रमा वातावरणीय र प्रकृतिको संरक्षणका लागि दिगो विकास कार्यक्रम लागू गरिएको छ। राजा महेन्द्रको अवधारणा वमोजिम संरक्षित उक्त क्षेत्रलाई प्रजातन्त्र स्थापना पछि पनि निरन्तरता दिइएको छ । उक्त क्षेत्रका ५७ गा.वि.स. भित्र ढुंगा खानी सञ्चालन तथा ओसार पसार गर्न जडीवुटीजन्य पदार्थ, संरक्षित जनावर चरा चुरुङ्गी हरु समात्न ओसार पसार गर्न निषेध गरिएको छ । निङ्गालोको टुसाहरु पनि त्यस क्षेत्रका जनावरहरुको आहारा तथा वनको इकोसिस्टम सन्तुलन राख्ने वस्तु भएकोले जथाभावी बाटोवाट निषेध गरिएको वनाइएको छ । एक्यापले विधिवत कारोवार गर्ने वाटो नखुलाएसम्म टुसाको संकलन, ओसार पसारलाई अवैध मानिएको छ । श्रावणको दोश्रो हप्ता देखि भाद्रको पहिलो हप्ता सम्मका लागि टुसाको टेण्डर खुल्ने तयारी भइरहेको एक्याप स्रोतले वताएको छ । तर एक्यापकै कर्मचारी हरुको वेवास्ता र मिलेमतोका कारण तस्करी मौलाइरहेका गुनासाहरु पनि आइरहेका छन् ।








Post a Comment

 
Top