0
गोल्डेन न्यूज संवाददाता
पश्चिमाञ्चल क्षेत्रमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थाले आफ्नो सेवा विस्ता गर्न लागेको प्रति पोखरा दुग्ध प्रशोधन व्यवसायी संघले आपत्ति जनाएको छ । संघले सोमबार एक विज्ञप्ति जारी गरि सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले पोखराका साथै यस असपासमा डेरी उद्योगमा लगानी गरि उत्पादन र विक्री गर्ने निर्णय प्रति आपत्ति जनाएको हो । विज्ञप्तिमा भनिएको छ–‘सरकारले लिएको उदार निजीकरण नीति र सोही नीति अनुरुप तत्कालिन पोखरा दुग्ध विकास आयोजना, पोखराको सफल निजीकरण भएको सबैलाई जानकारी छ । केवल २ वटामात्र दुग्ध प्रशोधन कारखाना रहेको यस क्षेत्रमा प्रतिस्पर्धात्मक बजार शुरु भएपछि १७ वटा करखाना संचालन भएका छन् । साथै यस क्षेत्रमा प्रतिस्पर्धात्मक एवं खुल्ला बजार अर्थतन्त्रकै कारणले दुग्ध व्यवसाय फस्टाइरहेको अवस्थामा सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले पोखरा तथा यस वरपरको क्षेत्रमन डेरी उद्योगमा लगानी गरि उत्पादन र विक्री शुरु गर्ने भन्ने समाचारले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ यस क्षेत्रमा अरवौं लगानी गरिरहेका व्यवसायीलाई सरकारको नीतिगत अस्थिरता र अस्पष्टताले लगानी गर्न निरुत्साहित गरेको भन्दै संघले सरकारले अघि सारेका यी नीति तत्काल रोक्न माग गरेको छ । विज्ञप्तिमा संघका अध्यक्ष पुण्य प्रसाद पौडेलका साथै सबै उद्योगका संचालक तथा संघका सदस्यहरुले हस्ताक्षर गरेका छन् । 
साथै संघको उक्त आग्रहप्रति वेवास्ता गरिए कडा प्रतिवाद गर्ने चेतावनी समेत दिइएको छ ।


Post a Comment

 
Top