0
गोल्डेन न्यूज संवाददाता
कास्कीको घाचोकमा रहेको अन्नपूर्ण मन भिलेजमा गत आर्थिक बर्षमा करिब दुई सय जना विदेशी पर्यटकहरु पुगेका छन । पोखरा देखि करिब १८ किलोमिटर टाडा रहेको घाचोकबाट तातोपानी जाने बाटोमा पर्ने, मर्दी हिमाल, माछापुच्छे« हिमश्रृङ्खला लगायतका दृश्यहरु देख्न सकिने पर्यटकीय स्थल घाचोकमा रहेको उक्त भिजेलमा एक बर्षमा विभिन्न राष्ट्रका दुई सय जना विदेशी पर्यटक भिजेलमा पुगेको भिलेज संचालक तथा पर्यटन व्यवसायी वसन्त दवाडीले बताए । ग्रामिण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त भिजेलमा लगानी गरेको दवाडीले बताए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने पम्का भएपछि पोखरा आसपासका ग्रामिण भेगको पर्यटनत प्रवद्र्धन गर्ने उद्देश्यले घाचोकमा उक्त भिलेज संचालनमा ल्याएको भिलेज संचालक दवाडीको भनाई छ । घाचोक पर्यटकीय दृष्टिले निकै महत्व रहेको उनले जनाए । उनले भने–‘गाँउ नै गाँउले भरीएको हाम्रो देशमा ग्रामिण पर्यटनका धेरै सम्भावनाहरु रहेका छन, यस्ता सम्भावनालाई केहि हदसम्म मुर्त रुप दिन मेरो सानो प्रयासले एक भिलेज संचालन गरेको हुँ । घाचोकमा होम स्टे सेमत रहेकोले गुणस्तरीय पर्यटकहरुको लागि लक्षित गर्दै आफूले उक्त भिलेज संचालनमा ल्याएको दवाडीले जनाए । उक्त भिलेजमा १५ रुम रहेका छन भने एक रातमा ३० जना पर्यटकहरुलाई राख्न सकिने भएको संचालक दवाडीले बताए । उक्त भिजेलमा प्रतिदिन एक रुमको ८ सय ५० देखि २ हजार २ सयसम्म शुल्क पर्दछ । भिलेजले पोखराबाट जित सहितको यातयात व्याबस्था मिलाएको छ । नेपाली पुरानो शैलीमा निर्माण भएको भिलेज  निर्माणमा २ करोड २० लाख लगानी भएको संचालक वसन्त दवाडीले बताए । ढुंगाले छाएको भिलेजमा घर गाउँमा पाईने अर्गानिक वस्तुदेखि पर्यटकहरुले आँफै खाना पकाउन चाहेको खण्डमा समेत सवै व्यबस्था रहेको उनले बताए । करीब एक बर्षमा २ सय जना जसो विदेशी पर्यटकहरु उक्त भिजेलमा पुगेको बताएका दवाडीले सम्भव र उपलब्ध भएसम्म गाउँमा उत्पादन तथा उपलब्ध भएका वस्तुहरुलाई पहिलो प्रथामिकता दिएको उनले जनाए ।गाउँमा जाने मध्यम बर्गका पर्यटकहरुलाई लक्षित गरी गाँउमा करिब ९ घरमा घरवास कार्यक्रम (होमस्टे) समेत संचालनमा रहेको उनले बताए । सन २००८ मा पश्चिमाञ्चल क्षेत्रिय च्याप्टर टान पोखराले घाचोक, सार्दीखोला, माछापुच्छे«, रिभान, ल्वाङघलेल र धितालाममा होम–स्टे कार्यक्रम संचालन गरेको थियो।






Post a Comment

 
Top