0
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति कास्कीको चौथौ बैठक सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष प्रेमराज अधिकारीको अध्यक्षतामा शनिवार बसेको प्रतिष्ठानको बैठकले प्रतिष्ठान कास्कीका निर्वतमान अध्यक्ष शिवहरि ढुङ्गाना अञ्चल कार्य समिति गण्डकीको सचिवालय सदस्य तथा साँस्कृतिक महोत्सव विभाग प्रमुखमा निर्विरोध चयन भएकोमा बधाई ज्ञापन गरेको छ । साउन महिना भित्र गाउँ–गाउँमा दोहोरी गीत प्रतिष्ठान भन्ने मूल भाव अनुसार विभाग प्रमुख टेक क्षेत्रीको संयोजकत्वमा सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरी प्रतिष्ठानमा हिसाब–किताव चुरुस्त दुरुस्त राख्न कामना विकास बैंकमा रहेको खातामा पुराना पदाधिकारीको दस्तखत परिवर्तन गरी नवनियुक्त पदाधिकारीको दस्तखत  कायम गर्ने, बैठकले कार्यसमितिका सदस्य तथा पदाधिकारीहरुलाई २५ थान टिसर्ट सौजन्य गरेकोमा सामाजिक संघ संस्था विभाग प्रमुख दिलकुमारी मोक्तान दिलु र शिव रमेश समिल एण्ड फर्निचर उद्योग पोखरा–२७, हेमजाका प्रोपाइटर शिव बहादुर नेपालीबाट प्रतिष्ठान कास्कीलाई १ थान टेवुल उपलब्ध गराउन सहयोग गरेको भन्दै सञ्चार विभाग प्रमुख परशुराम अधिकारीलाई समेत धन्यवाद ज्ञापन गरेको छ । बैठकले संगीत विभाग प्रमुख सुनिल गायक तथा साँस्कृतिक विभाग प्रमुख शिवहरि ढुङ्गानाको अग्रसरतामा १ महिने संगीत प्रशिक्षण कार्यक्रम श्रावण १० गते देखि सञ्चालन गर्ने निर्णय गरेको छ । लोक दोहोरी प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष तथा संरक्षक प्रजापति पराजुलीको प्रमुख आतिथ्यतामा बसेको बैठकमा हालै सम्पन्न राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान गण्डकी अञ्चलमा शंकर विरहीको अध्यक्षतामा गठित नयाँ कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना सँगै बधाई ज्ञापन गरेको प्रतिष्ठान कास्कीका सदस्य तथा सञ्चार विभाग प्रमुख परशुराम अधिकारीले जानकारी दिए ।




Post a Comment

 
Top